३ कार्तिक २०८३, मंगलबार

चर्चित क्रिकेटरले अभिनेत्रीसँग इटालीमा बिहे गरे

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मुम्बई । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले विवाह गरेका छन् ।

२९ वर्षका विराट र अनुष्काले इटाली पुगेर शनिबार विवाह गरेका हुन् । विराट र अनुष्काले यसको ‌आधिकारिक पुष्टि गरेका छैनन् ।

केही दिनयता कोहली र शर्माको विवाहबारे विभिन्न अनुमान चल्दै आएका थिए ।

विवाह समारोहमा परिवारका निकट व्यक्तिहरू मात्र उपस्थित रहेको बताइएको छ । विराट र अनुष्का सन् २०१३ देखि सम्बन्धमा थिए ।