मुम्बई । नेपाली डान्सर युवा सुशान्त खत्रीले बलिउड अभिनेत्री कैटरिना कैफलाई रुवाइदिएका छन् ।
भारतीय एक टेलिभिजनका लागि सुशान्तले गरेको नृत्य हेरेपछि अभिनेत्री कैटरिना कैफ रोकएकी हुन् । सुशान्तको नृत्य हेर्ने बेला बलिउडका सुपरस्टार सलमान खान समेत भावुक बनेका थिए ।
सुशान्तको नृत्य हेरेर कैटरिना कैफ रोएपछि आँशु पोछ्न सलमान खानले टिस्यु पेपर दिएका थिए । सुशान्तले सलमान खान अभिनित फिल्म ‘तेरे नाम’को गीतमा सोलो डान्स गरेका थिए ।
प्रेमिकाको मृत्यु भएको र त्यसको पीडालाई सुशान्तले नृत्यमार्फत प्रस्तुत गरेको भिडियोमा उल्लेख छ ।
मुम्बईमा बसेर विभिन्न भारतीय टेलिभिजनका रियालिटी शोहरूमा सुशान्तले नृत्य गर्दै आएका छन् ।
















प्रतिक्रिया