२८ आश्विन २०८३, बुधबार

म फर्किदा कोही आतंकित भएका छन् भने त्यो भनेको कांग्रेस नै होः वामदेव गौतम (अन्तर्वार्ता)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँ उम्मेदवारहरु प्रचारप्रसारमा निकै ब्यस्त छन् । बजार, गाउँ टोल बस्तीमा उम्मेदवारसहित कार्यकर्ताहरु माग्दै दौडिरहेका छन् । शुन्य समय सुरु हुन करिब ३ दिनमात्र बाँकी रहदा बर्दियामा वाम गठबन्धनका उम्मेदवार र कार्यकर्ताले घरदैलोलाई तीव्र पारेका छन् । वाम गठबन्दनका उम्मेदवारलाई घरदैलो र चुनावी सभा गर्न भ्याइनभ्याइ भएको छ । वाम गठबन्धनले दैनिक ४/५ वटा चुनावी सभा तथा कार्यक्रम गर्ने गरेको छ । चुनावी दौडधुपमै रहेका बर्दिया क्षेत्र नं १ प्रतिनिधीसभा सदस्य वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमसँग पत्रकार सुदीप अधिकारीले गरेको कुराकानीः

चुनाव नजिकदै गर्दा यो चुनावी अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ ?

हामीले जनतालाई आह्वान गरेर सर्मथकसहित थोरै थोरै अन्य पार्टीका ब्यक्तिहरु प्नि चुनावी अभियानमा समेल गराएर चुनावी अभियानलाई तिव्र गतिमा अघि बढाइरहेका हौ । जनताले कतिपय विषय उठाएका हुन्छन् । हामीले ती विषयको जवाफ दिन्छै । हाम्रो नेतृत्वमा सरकार बन्यो भने हामीले के के काम गछौ भन्ने कुरा सुनाउँछौ । यसरी गाउँ गाउँमा साना साना भेला गरेर चुनावी अभियानलाई अघि बढाई रहेको छौ । साथै मतदान कसरी गर्ने भन्ने बोरमा पनि सिकाउँदै हिडेका छौ । हाम्रो अभियानले जनतामा उत्साह जगाएको छ ।

तपाईको चुनावी एजेण्डा के के छन् ?

हाम्रा चुनावी ऐजेण्डा तीन तहका छन् । त्यो भनेको तत्कालिक, मध्यकालिक र दिर्घकालिन हुन् । तत्कालका लागि जनताको गाँस, वाँस, शिक्षा, स्वास्थ्य, रोजगारी र मनोरञ्जनका विषय उठाएका छौ । त्यसपछि सिँगो समाजको परिवर्तन हो । हाम्रो संविधानले अबको सामाजिक, आर्थिक रुपान्तरण समाजवाद उन्मुख हुनु पर्छ भनेकै छ । यसै बमोजिक यी विषय हाम्रा साझा घोषण अनुसार अघि सारेका छौ । नेपाली समाजमा अहिले पनि घरवार विहिन सुकुम्बासी, भूमिहिन, मुक्तकमैया कमलहरी, विषेय अभाव गरिव र उत्पिडित पहिचान गरि बसेका जनताहरुलाई हाम्रो सरकार बनेपछि पाँच वर्ष भित्रमा सुविधा सम्पन्न आवास, एक परिवारमा एक महिला र एक पुरुषलाई रोजगारीसँगै माध्यामिक तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा, माध्यामिक शिक्षा पास गरेको ६ महिना भित्रै तालिम दिइ रोजागारी दिएर शैक्षिक वेरोजगारी हटाउने, स्वास्थ्य विमा लागु गर्ने, उपचारका लागि गरिवीको रेखामुनी रहेकालाई सरकारले आधा पैसा मिनाहा गर्ने मध्यकालिन एजेण्डा छन् । यसैगरि छ वर्ष भित्रमा नेपाली जनताका आधारभूत आवश्यक्ता पुरा गर्ने लक्ष्य लिएका छौ । सम्पूर्ण कृषि भूमीमा सिँचाई, नेपालका प्रमुख नदीहरुबाट बीस हजार मेघावाट भन्दा बढी जल विद्युत आयोजना सुरु गरि विद्युत उत्पादनले नेपाललाई भरपुर बनाउँछौ ।

तपाईले लिएको एजेण्डा पुरानै मानिन्छन् नि ? चुवाव जितेर गएपछि सबै कुरा बर्सेको मतदाताको आरोप छ त ?

कुरा बिर्सेको होइन । हामी सरकारमा बस्दा लागू गर्ने प्रयास गर्छौ । सरकारबाट बाहिरीएपछि अरुले आफनो अनुकुलले मात्र काम गर्ने परिपाटीले गर्दा हामीले सुरुवात गरेका कामहरु ओझेलमा पर्छन् । हामी प्रतिपक्षमा हुँदा सरकार चलाउनेलाई घचघच्याउने हो । सरकारमा नहुँदा काम पूरा गर्न गाह्रो हुदो रहेछ । निर्वाचन पछि बन्ने हाम्रो सरकारले सबै अपुरा काम पुरा गर्ने छ ।

कांग्रेसका प्रभावशाली नेता सञ्जय गौतम तपाईसँग चुनावी प्रतिस्पर्धामा हुनु हुन्छ । तपाईले नै चुनाव जित्नु हुन्छ भन्ने आधार के छ ?

कांग्रेससँग प्रतिस्पर्धाको कुरै छैन । २०४८ सालदेखि भर्खरै सम्पन्न स्थानिय तह निर्वाचनको परिणमले पनि कांग्रेस भन्दा वामपन्थीको जनाधार निकै बढी रहेको पटकपटकको निर्वाचनले देखाइसकेको छ । यहाँ हाम्रो पक्षमा देखिएको जनमत नै मैले जित्ने आधार हो । वामपन्थीको जनाधारलाई कसैले फकाएर प्रलोभनमा परेर कुण्ठित गर्न सक्दैन । बर्दियामात्र होइन नेपालभरी हामीले गरेको चुनावी तालमेल अनुसार कम्युनिष्ट पार्टीको पक्षमा दुई तिहाइ जनमत छ । त्यो जनमतनै वाम गठबन्धनले जित्ने मुख्य आधार हो ।

अधिल्लो संविधानसभा निर्वाचन जीते पछि तपाई बर्दिया छाडेर प्यूठान जानु भयो । यसपटक फेरि फर्कनु भएको छ । बर्दिया छाडेपछि कार्यकर्तामा असन्तुष्टि बढेको भनिन्छ नि ?

म बर्दियामा फर्केर आउँदा कार्यकर्ता मतदाता असन्तुष्टि छन् भन्नै मिल्दैन । यस अघिपनि चुनाव जितेर छोडेर किन जानु भयो भन्नेमा असन्तुष्टि हो । अहिले फर्केर आउँदा कार्यकर्तामा उत्साह जागेको छ । मेरो आवश्यक्ता फेरि महशुस भयो । विपक्षिसँग खरो उत्रनका लागि कार्यकर्ताले मेरो उपस्थिती अनिवार्य ठाने । मैले पनि त्यही महशुस गरे । त्यो बेला मेरो व्यक्तिगत निर्णयले बर्दिया छाडेको होइन । पार्टीको निर्णय अनुसार प्युठान गएको हो । यहाँ त पार्टी बलिायो थियो नै । प्युठानमा पार्टीलाई बलियो बनाउनु थियो । त्यसैले पार्टीको निर्देशन बमोजिम त्यहाँ गए । आखिर पार्टीलाई फाइदा नै भयो । म यहाँ फर्कदा कोही आतंकित भएका छन् भने त्यो भनेको कांग्रेस नै हो । वाम गठबन्धन भएपछि कुनै पनि ठाउँमा कांग्रेससँग प्रतिस्पर्धा नै छैन ।

चुनाव जितेपछि तपाईको पहिलो प्रथमिकता के हुन्छ ?

मेरो पहिलो प्राथमिकता भनेको सुकुम्बासी, घरवारविहीन, मुक्तकमैया कमलहरी र पिछडिएका जातजातीहरुलाई सुविधा सम्पन्न आवास, राजगारी, शिक्षा, स्वास्थ्य मनोरञ्जन प्रदान कामबाट सुरु हुन्छ । यसैगरि कृषिको व्यवसायिककरण, उर्जाको विकास, पर्यटनको विकास र औधोगिक क्षेत्रको विकास प्रथमिकतामा हुनेछ । यी सबै कामहरु ५ वर्ष हामी पुरा गर्नेछौ । र हामीले ३ तहमा रेल चलाउने छौ । एउटा पूर्वापश्चिम राजमार्गको समानान्तर, औधोगिक करिडोरको समानान्तर, मध्यपहाडी राजमार्ग समानान्तर र काठमाण्डौमा विद्युतिय मेट्रो रेल संचालन गछौ । यसैगरि ४ लेनको हुलाकी सडक, उत्तरदक्षिण २ हजार किलोमिटर सडक निर्माण र ८१ हजार किलोमिटर आफनो गाउँ आफै बनाउ अन्तर्गतका बाटोहरु पिच गरि कृषि सडकका रुपमा स्थापित गर्ने छौ ।

तपाई वाम गठबन्धनको सुत्रधार मानिनु हुन्छ । यो वाम गठबन्धन चुनाव सम्मको मात्र हो की पार्टी एकतासम्म पुग्छ ?

गठवन्धन मात्र हो भनेर बुझनु हुन्छ भने चुनावसम्मको लागि मात्रै गठबन्धन हो । तर हाम्रो पार्टी एकताको कुरा हो । अहिलेको चुनावी गठबन्धन हाम्रो पार्टी एकताको पहिलो चरण हो । पार्टी एकता गर्ने तयारी गरिसकेका छौ । पार्टी एकता समन्वय समिति केन्द्रमा, त्यसपछि प्रदेशमा, जिल्लामा र स्थानिय तहदेखि वडासम्म बनिसकेको छ ।

त्यसकारण पार्टी एकता प्रमुख हो । पार्टी एकता गर्न समय लाग्ने भएकाले हतारमा चुनावी तालमेल मात्र गर्यौ । निर्वाचन आयोगले दिएको समय तालिका अनुसार समयमै पार्टी एकता गर्न सकेनौ । त्यसैले तालमेल मात्र गर्यौ । पार्टी एकता हुने कुरा निश्चित छ । अब कम्युनिष्ट पार्टी एकिकृत हुन्छ । र यो एकता पछि सबै भन्दा ठूलो चोट परेको छ भने त्यो चोट कहिले नमेटिने गरि नेपाली कांग्रेसलाई परेको छ । अहिलेको तालमेलबाट बन्ने सरकार ५– १० वर्षका लागि मात्र होइन । आगामी ३० वर्षसम्म हाम्रै नेतृत्व हुन्छ ।