काठमाडौँ, १५ मंसिर । आगमी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिदै गर्दा निवार्चनका लागि मतदान कला सिकाउन यतिबेला २५ नाट्य देशको ४५ जिल्लामा क्रियाशील छन् । निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा नाटक ‘महादान’ मार्फत मतदान कला सिकाउन उनीहरु जिल्ला जिल्लामा पुगेका हुन् ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजन र आरोहण गुरुकुलको सहकार्य रहेको नाटक महादान शुक्रबार ६ ओटा प्रदेशमा मञ्चन भएको छ । स्थानिय भाषा र भेषभुषा सहित मञ्चन भइरहेको नाटक महादान हेर्ने ८५ बर्षीय हजुरबुबा देखि ३ वर्षीय पनातीसम्मको ताँती लागेको विभिन्न नाट्य टोलीले बताएका छन् ।
यसै क्रममा प्रदेश १ को इलाम, झापा र धनकुटा जिल्लाको विभिन्न स्थानमा शुक्रबार नाटक ‘महादान’ प्रदर्शन गरिएको छ । इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाको देउराली बजार र इलाम नगरपालिकाको इलाम बजारमा नाटक प्रदर्शन गरिएको चेतना नाट्य समुहका सुरेस पोर्तेलले बताए । परिवर्तन नाट्य समुहले प्रदेश १ को झापा जिल्लाको शनिश्चरे नगरपालिकाको अर्जुन बजार, बाह्रदशी गाउँपालिकाको बिहीबारे बजार, कंकाइ नगरपालिकाको लक्ष्मीपुर बजार, झापा गाउँपालिकाको तामाटो बजार र बुद्धशान्ती गाउँपालिकाको बुधबारे बजारमा नाटक प्रदर्शन ग-यो ।
यता आरेहण गुरुकुल समुहले मोरङ जिल्लाको हरिगाउँपालिकाको कटरी बजार, बुढीगंगा गाउँपालिकाको शनिहाट बजार, गौमथान गाउँपालिकाको झोरहाट बजार र बिराटनगर महानगरपालिकाको बिप्लस बजारमा नाटक देखाएको गुरुकुल समुहका दीपेश भण्डारीले जनाए ।
त्यस्तै, शुक्रबार नै प्रदेश २ का धनुषा र बारा जिल्लामा नाटक महादान मञ्चन भयो । लोक सञ्चार समुहले मैथिली भाषामा यो नाटक धनुषाको शहीदनगर नगरपालिकाको यदुगोह, कमला नगरपालालिकाको लग्मामाची गाउँ, जनकनन्दनी गाउँपालिकाको खजुरी बजार, बिदेह नगरपालिकाको तीनकुरिया बजार, औरी गाउँपालिकाको औरी बजार र धनौजी गाउँपालिकाको धनौजी बजारमा मञ्चन गरेको छ । यी ठाउँमा नाटकमा मिथिला समुदायका पुरुषभन्दा बढी महिलाहरु घुम्टोमै आएर नाटक हेरी मतदान शिक्षा लिएको निर्देशक प्रियंका झाले सुनाइन् ।
उता गढीमाई नाट्य समुहले बारा जिल्लास्थित बारागढी गाउँपालिकाको पिपरा बसन्तपुर, बरैयामाई गाउँपालिकाको नरही टोलमा, आदर्शकोटवाल गाउँपालिकाको इनरवामाल गाउँ र मचरौता गाउँपालिकाको अमरपट्टीमा नाटक महादान नाटक भोजपुरी भाषामा मञ्चन गरिएको निर्देशक रामलोचनले जानकारी गराए ।
शुक्रबार नै सिरहास्थित नरहा गाउँपालिकाको नरहा हनुमान चौक, बिष्णुपुर गाउँपालिकाको बिशनपुरा चौक, अर्नमा गाउँपालिकाको ब्रम्हपुरी, औरही गाउँपालिकाको हरकट्टी बजार र सिरहा नगरपालिकाको सिरहा बजारमा नाटक महादानलाई बिराट मैथिली नाट्यकला परिषदले मैथिली र थारु भाषामा मञ्चन गरेको छ ।
प्रदेश ३ को भक्तपुर, चितवन र पुर्वी नवलपरासी जिल्लामा पनि शुक्रबार महादान नाटक मञ्चन भएका छन् । सेलो नाट्य समुहले काभ्रेपलान्नचोक जिल्लाको भुम्लु गाउँपालिकास्थित बिपल डाडाँ र भक्तपुर जिल्लाको सुर्यबिनायक नगरपालिकाको सुर्य बिनाय, भक्तपुर नगरपालिकाको तौमडीमा नाटक देखाएको निर्देशक जगत तामाङले बताए ।
यसैगरी संस्कृती संस्थानको आकाश थापाको टोलीले चितवनस्थित माडी नगरपालिकाको बसन्तपुरमा नाटक प्रदर्शन गर्दा पुर्वी नवलपरासीको देवचुली नगरपालीकाको डण्डाबजार, बिनयीत्रिबेणी नगरपालिकाको दुम्कीबास, मध्यबिन्दु नगरपालिकाको चौरमारा, गैँडाकोट नगरपालिकाको अमरापुरी, हुप्सेकोट गाउँपालिकानको बेलुवा र देवचुली नगरपालिकाको दलदलेबजार नाटम मञ्चन ग¥यो ।
प्रदेश ४ को तनहुँ र स्याङ्जामा पनि शुक्रबार नाटक मच्चन भए । तनहुँ जिल्लाको भिमाद नगरपालिकाको रिसिङ पाटन, घिरिङ गाउँपालिकाको देउराली, रिसिङ गाउँपालिकाको पल्ट्याङमा भिक्टोरिया नाट्य समुहले नाटक प्रदर्शन गरेको निर्देशक संगम कायस्थाले बताए । उनका अनुसार यो ठाउँमा हजुरबादेखि पनातिसम्म स–परिवार नाटक हेर्न पाए । यस्तै हाम्रो मझेरी समुहले स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकाको अर्जुन चौपारी बजार, भिर्काेट नगरपालिकाको बयरघारी, वालिङ नगरपालिकाको भकुन्डे, गल्याङ नगरपालिकाको गल्याङबजारमा नाटक देखाएको छ ।
त्यसैगरी, सप्तक कला परिषद्ले प्रदेश ५ को गुल्मी जिल्ला स्थित पाणिनी नगरपालिकाको दुर्गाफाटा बजार र तम्घास नगरपालिकाको बसपार्क नाटक महादान मञ्चन गर्न सफल भएको छ । निर्देशक दामोदर खतिवडाका अनुसार यी स्थानमा नाटक हेर्न युवा भन्दा बृदबृद्धा धेरै देखिएका थिए । यसैगरि सांस्कृतिक संस्थानको रमेश केसी मट्टारेको टोलीले शुक्रबार सिद्धार्थ नगरनगपालिका भैरहवा, मचबार गाउँपालिकाको बगौली, सिहारी गाउँपालिकाको पश्चिम अमुवा, समरीमाई गाउँपालिकाको बेदकुइया र सुद्दोधन गाउँपालिकाको माझपखरीमा नाटक महादान मञ्चन गर्न सफल भयो । व्यवस्थापक पवित्रा पंगेनीका अनुसार यी स्थानमा ८३ बर्षका जेष्ठ नागरिकदेखि युवा पुस्तासम्मले नाटक महादान हेरे । त्यहाँ नेपाली र अवधि भाषामा नाटक प्रदर्शन गरिएको थियो ।
प्रदेश ७ को अछाम जिल्लाको मेल्लेक गाउँपालिकाको ऋषि दह र रामारोशन गाउँपालिकाको सतार बजारमा सु.प साँस्कृतिक टोलीले नाटक मञ्चन गरेको अनिल रिजालले बताए ।















प्रतिक्रिया