३० आश्विन २०८३, शुक्रबार

चीनका राष्ट्रपति र अमेरिकी पूर्वराष्ट्रपतिवीच भेटवार्ता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १५ मंसिर । चीनका राष्ट्रपति सि जिनपिङ र अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाबीच भेटवार्ता भएको छ ।

बेइजिङमा बिहीबार भएको भेटवार्तामा उहाँहरुले आपसी सम्वन्ध, आदानप्रदान र सहकार्यलाई अझ बलियो बनाउने विषयमा छलफल भएको छ ।

पुर्वराष्ट्रपति ओवामाले आफ्नो राष्ट्रपतीय कार्याकालमा चीन र अमेरिकाको सम्वन्धलाई प्रगाढ र सकारात्मक गराउन प्रशंसनीय भूमिका खेलेको राष्ट्रपति सीले स्मरण गर्नुभयो ।

संसारलाई शान्ति र स्थिरतातर्फ लैजानका लागि चीन र अमेरिकाको महत्वपूर्ण जिम्मेवारी रहेकोमा राष्ट्रपति सीको जोड थियो ।

उहाँले विश्वव्यापी विकास र सम्वृद्धिका लागि पनि दुवै देशले उत्तिकै जिम्मेवारीपूर्वक लाग्नु पर्ने बताउनुभएको छ ।

अमेरिकासँग सूचना आदानप्रदान र सहकार्यलाई बलियो बनाउन र दुई पक्षीय सम्वन्धलाई थप विकसित गर्दै लैजान चीन सधै तयार रहेको राष्ट्रपति सीको भनाई छ ।

भेटवार्ताका क्रममा अमेरिकी पुर्वराष्ट्रपति ओवामाले पनि दुई देशको भूमिकालाई सकारात्मक र थप बलियो बनाइराख्न आफ्नो तर्फबाट पनि भूमिका खेलिरहने बताउनु भएको थियो । – सिन्ह्वा