३० आश्विन २०८३, शुक्रबार

एमालेका उपाध्यक्ष वामदेव गौतमलाई शुभेच्छुकको पत्र

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रिय कमरेड वामदेव गौतम
अभिवादन !

२०७४ मंसिर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तपाई सहित बर्दिया जिल्लाका वाम गठबन्धनका ६ जना उमेद्वार कमरेडको जित सुनिश्चित भइसकेको अवगत गराउँदै अग्रिम बधाई सहित यो पत्र लेख्दैछु ।

प्रिय कमरेड, कुनै एउटा राष्ट्रिय पत्रिकामा छापिएको लेखमा ‘धनकुटालाई सूर्यबहादुर थापाले चिनाएजस्तो बर्दियालाई चिनाउन वामदेव गौतम चाहियो । प्रत्येक जिल्लामा एउटा शक्तिशाली नेताको अभाव हुँदा त्यो जिल्ला गुमनाम झैं बस्नुपर्छ, यो एउटा उदाहरण हो ।’ भनेर लेखिएको पढेको थिएँ । त्यो लेख पढ्दा म निकै खुशी भएँ । म मात्रै होईन यो कुराले बर्दियाबासी धेरै खुसी र उत्साहित भए । किनकी त्यो लेखका लेखक तपाईको कटु आलोचक भएपनि कम्तिमा वामदेवलाई विकास र निर्माणको पर्यायका रुपमा बुझेका रहेछन् र उनलाई पनि यस्को महशुस भएको रहेछ ।

पार्टीको निर्णय र निर्देशन वमोजिम यस अघिको संविधान सभा निर्वाचनमा बर्दिया छाडेर प्युठान गएको बेला ती लेखकलाई जस्तै विकासको पर्यायका रुपमा बुझेका हामी बर्दियाबासीले यहाँको विकासका लागि राष्ट्रिय नेताको अभाव महशुस गरिरहेका थियौं । तर, समय सधै उस्तै कहाँ हुँदो रहेछ र कमरेड ? वामदेवले प्युठान नै रोज्छन् भन्दै चिया पसलदेखि चोकचौतारोसम्म हुने कुराका बीच तपाई बर्दियाबाट चुनाव लड्ने कुराले हामी एमालेका शुभेच्छुक, शुभचिन्तक, नेता तथा कार्यकर्ताहरु मात्रै होईन अन्य पार्टीका विकासप्रेमी नेता, कार्यकर्ताहरुदेखि बुद्धिजीवी तथा सर्वसाधारण समेत खुशी हुँदै तीनै चिया पसलदेखि चोकचौतारोसम्म कुरा गरेको सुनिन्थ्यो । यति मात्र कहाँ हो र ? बर्दियाको विकास निर्माणमा कुनै योगदान र हैसियत नभए पनि बर्दियालाई आफ्नो विर्ता ठान्ने भित्र र बाहिरका केही झुन्डले विरोध गरेको पनि प्रष्टै सुनिन्थ्यो । बर्दिया र वामदेवको सम्बन्धका बारेमा बुझेका बर्दियाबासीको वुलन्द आवजका सामु यो सानो झुन्डको आवाज अन्ततः विलय हुन पुग्दथ्यो र भयो पनि ।

कमरेड, बर्दिया जिल्ला आफैमा समृद्ध र समुन्नतका सयौं सम्भावना बोकेको जिल्ला हो । यस विषयमा म भन्दा बढी जानकार तपाईनै हुनुहुन्छ । तर पनि मैले आफ्नो आँखाबाट हेर्दा देखेका केही विषयहरु लेख्दैछु ।

– कृषिको लागि उर्वर बर्दिया
– प्रकृतिको वरदान बर्दिया
– सांस्कृतिक विविधताको खानी बर्दिया

प्रिय कमरेड, मैले माथि सष्लेषण गरी उल्लेख गरेको भएपनि त्यस भित्र सयौ विष्लेषण रहेका छन् । त्यसका केही विष्लेषणहरु सहितका योजना बर्दिया जिल्लाको ‘साझा प्रतिवद्धता’ मार्फत सार्वजनिक पनि भएको रहेछ । तर, पनि छुटेका केही विषयलाई समावेश गरी त्यसको महशुस जनताले प्रत्यक्ष गर्ने गरी कार्यान्वयन हुनेमा म लगायत आम बर्दियाबासी विश्वस्त छौं ।

कमरेड, तपाई पहिलो पटक गृहमन्त्री भएपछि बर्दियाले चर्चा पाएको कसैले विर्सेका छैनन् । तराईको सबैभन्दा पिछडिएको जिल्ला भनेर चिनिने र आफूले पनि चिनाउँदा बाँके बर्दिया भन्नु पर्ने अवस्थाबाट छुट्कारा पाउन बबई नहर परियोजना कुर्नुप¥यो । अनि मात्रै बर्दियाको छुट्टै अस्तित्व स्थापित भयो ।

अन्त्यमा, बर्दियाको विकासका लागि तपाईको महत्वपूर्ण भूमिका हुँदाहुदै पनि पार्टीको कठोर निर्णयका कारण बर्दिया छाडेर प्यूठान जानु पर्ने बाध्यतालाई पार्टी भित्रको कित्ताकाटका कारण केही आफ्ना र केही विरोधीहरुले ‘पहुना’ भनेर गलत प्रचार प्रसार गरेपनि तपाईको जित निश्चित छ । त्यसका लागि वाम गठबन्धन भित्र र बाहिरका हामी सबैले गरेपनि जित तपाईको निश्चित छ र सम्पूर्ण निर्वाचन क्षेत्र नं. १ जनताले सूर्य चिन्हमा मतदान गर्ने निर्णय गरेको खुशीको कुरा लेख्दैं अर्को पत्रमा भेटौंला । अभिवादन !

मिति : २०७४ मंसिर १४ गते
उही तपाईको शुभेच्छुक
एम. भारद्धाज
क्षेत्र नं. १, बर्दिया ।