
काठमाडौँ । रोशन कुताल क्षेत्री र बसन्ती थापा मगरको स्वरमा सजिएको मौलिक झ्याउरे गीत बजारमा आएको छ ।
‘झर्छ होला आँखामा आँशु’ बोलको गीत बजारमा आएको हो । गीतमा रोशन कुताल क्षेत्री र बसन्ती थापा मगरकै स्वर रहेको छ भने प्रेमसागर पौडेलको शब्द छ । लय पनि गायक कुतालकै छ ।
रक्षा म्युजिकको प्रस्तुतिमा रहेको यस गीतको भिडियोमा शिव बिक र रिना थापा मगरको अभिनय रहेको छ । शिव फिल्मसले निर्माण गरेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् भने सम्पादन रबिन बिकले गरेका छन् ।
हेरौं यो मनै छुने भिडियोः
https://www.youtube.com/watch?time_continue=69&v=NltuJW_H5Us















प्रतिक्रिया