बेइजिङ, १२ मंसिर । चीनमा सी जीनपिङ सत्तामा आएसँगै भ्रष्टाचारविरुद्ध सरकार आक्रामक रुपमा अघि बढेको छ । भ्रष्टाचार गर्ने वरिष्ठ उपप्रधानमन्त्रीदेखि उच्च सैन्य अधिकारीलाई मृत्युदण्डको सजाय भइसकेको छ ।
यसैक्रममा चिनियाँ सेनाका एक उच्च अधिकारीमाथि अनुसन्धान अघि बढ्दै गर्दा उनले आत्महत्या गरेका छन् । चीनको सैन्य आयोगका सदस्य चाङ याङले बेइजिङस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । आफूमाथि छानविन थालेपछि उनले आत्महत्या गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएको छ ।
भ्रष्टाचारको आरोप लागेका पूर्वसैन्य अधिकारी गो बोझोङ र जु कोइहोउसँगको सम्बन्धलाई लिएर उनीमाथि छानविन सुरु भएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार झाङ याङले अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको भेटिएको थियो । साथै उनले घुस लिनका लागि अज्ञात स्थानमा ठूलो मात्रामा सम्पत्ति जम्मा गरेको आशंका गरिएको छ ।















प्रतिक्रिया