३ कार्तिक २०८३, मंगलबार

बेलायतका राजकुमार ह्यारीले प्रेमीका मेगन मर्केलसँग विहे गर्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ मंसिर । बेलायतका राजकुमार ह्यारीले आफ्नी प्रेमीका अमेरिकी नायिका मेगन मर्केलसँग विवाह गर्ने भएका छन् । उनहरुले आगामी वसन्त रितुमा विवाह गर्ने क्लियरेन्स हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको बीबीसीले जनाएको छ ।

विज्ञप्तिमा राजकुमार चार्ल्सले आफ्नो छोराको विवाहको घोषणा गर्दा निकै खुसी भएको बताएका छन् । उनले मर्केलको परिवारले पनि ह्यारीलाई आशिर्वाद दिइसकेको बताएका छन् ।

उनीहरुले यसै महिनाको सुरुवातमा गोप्य रुपमा इन्गेजमेन्ट गरेका थिए । लनडनमा भएको सो इन्गेजमेन्टको बारेमा महारानी र परिवारका नजिकका आफन्तहरुले मात्रै थाहा पाएका थिए ।

विज्ञप्तिमा विवाहको मिति आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ । इन्गेजमेन्ट भएका यी जोडी फोटो खिचाउनको लागि सोमबार बिहान दरबारबाहिर देखिएको थिए ।

विवाहपछि उनीहरु लनडनस्थित केन्सिङटन प्यालेसमा रहेको नोटिङहाम कटेजमा बस्ने बताइएको छ । सन् २०१६ को समरबाट उनीबीच प्रेम सम्बन्ध सुरु भएको थियो ।