३ कार्तिक २०८३, मंगलबार

रेखा थापाले ऋचाको पक्ष लिँदै दीपक–दिपालाई भनिन् ‘जोकरभन्दा माथि नउठ्ने भए’

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टिमबीचको विवादले नेपाली सिनेमा तथा नेपाली मिडियालाई तताएको छ । यस्तोमा नायिका रेखा थापा पनि यो विवादमा सामेल भएकी छन् । उनले ऋचाको पक्ष लिदैँ दीपक–दिपामाथि आक्रोश पोखेकी छिन् ।

यो विवादको सन्दर्भमा नायिक थापाले पनि आफ्नो धारणा राखेकी छिन् । उनले पत्रकार डीबी खड्काले फेसबुकमा राखेको धारणालाई समर्थन गर्दै दीपक–दिपा माथि आक्रोस पोखेकी हुन् । उनले पत्रकार डीबी खड्काको स्टाटसमा गरेको कमेण्ट यस्तो छ, ‘भिडियोमा दर्शकलाई मूर्ख भनेको छैन । सी इज इन्टेलिजेन्ट वुमन । के बोल्ने के नबोल्ने उसलाई थाहा छ । एउटा महिलाको पछि लागेर अचम्म लागिराछ मलाई । खै उनीहरूबाट समाज रुपान्तरणको अपेक्षा थियो, तर जोक्करभन्दा माथि नउठ्ने भए ।’

एक कार्यक्रममा ऋचाले ‘छक्का पञ्जा–२’ चलचित्रमा महिलामाथि गरिएको हिंसा हेरेर दर्शकले ताली बजाउँदा आफूलाई नमज्जा लागेको बताएकी थिइन् । उनले त्यस्ता दर्शकलाई मूर्ख भनेपछि ‘छक्का पञ्जा–२’ टोलीले उनको विरोध गरेको थियो ।