गुल्मी । नेकपा एमाले केन्द्रीय सचिव एवम् गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार गोकर्ण बिष्टलाई गायक बद्रि पंगेनीले भोट माग्दै गित गाएका छन् । मंसिर २१ हुने निर्वाचनको लागी चुनावी अभियानमा रहेका उम्मेदवार बिष्टलाई जिताउन गायक बद्रीले गीत मार्फत गुल्मी २ मा विकास प्रेमी गोकर्ण बिष्ट चाहिने उद्घोष गरेका छन् । उनको गीतको बोल रहेको छ ‘जनताको छोरो, जनताको घरदैलो’ ।
समाजमा भएका सबैखाले विकास गर्न र देशको समृद्धि गर्न जनताको छोरो गोकर्ण बिष्ट नै चाहिने उनको गीतमा उल्लेख छ । जनताले भाषण गर्ने अरु धेरै पाइन्छन् तर विकास गर्न गोकर्ण बिष्ट नै चाहिने गायक बद्रीले गाएको गीतमा भनिएको छ । देशमा लोडसेडिङ अत्य गर्ने र देशलाई आत्मनिर्भर बनाउन गोकर्ण नै चाहिने गायक पंगेनीको गीतमा उल्लेछ ।
यस्तो छ पंगेनीले गाएको गीतको भिडियोः
https://www.youtube.com/watch?v=VjOb7LQn2pM















प्रतिक्रिया