काठमाडौं । नायिका ऋचा शर्माले महिला निर्देशक भएर नारी नै अपमानित हुने फिल्म निर्देशन गरेको भन्दै कलाकार दीपाश्री निरौलाको आलोचना गरेपछि सिने जगतमा अहिले छक्का पञ्जा टिम र नायिक शर्माबीच वार नै परेको छ । कलाकार मात्रै होइन् दर्शक पनि विभाजित भएका छन् । कसैले ऋचाको पक्षमा लिएका छन् भने कसैले दीपाश्रीको ।
बौद्धिक फिल्मकर्मीका रुपमा परिचित नायिका ऋचा शर्माले भर्खरै फिल्म छक्का पञ्जाबारे सटिक टिप्पणी गरेकी थिइन् । उनले फिल्ममा प्रयोग भएका महिला हिंसा सम्बन्धी संवाद सुनेर ताली बजाउनेलाई मुर्ख भनेकी थिइन् । नारी निर्देशक भएर नारी नै अपमानित हुने फिल्म निर्देशन किन गरेको भन्ने उनको प्रश्न थियो । । फिल्म भनेको मनोरञ्जन मात्र होइन, सत्यपरक अनि सकारात्मक सूचनाको लागि पनि हो । यो भनाईजस्तै उनले महिला हिंसा सम्बन्धी संवाद सुनेर ताली बजाउने अनि महिलाहरुलाई कुटिरहेका दृष्य हेर्दा ताली पिटेर हाँस्ने दर्शकलाई मुर्ख भनेकी थिइन् ।
यसरी आफ्ना दर्शकलाई मुर्ख भनेपछि छक्का पञ्जाकी निर्देशक दिपाश्री निरौला भडकिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गेट उइल सुन भन्दै ऋचालाई मानसिक विरामीको संज्ञा दिएकी छन् ।
उनले जवाफ दिँदै भनेकी छन्, एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ…, प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्…” Get well soon !!!!
ऋचाको पक्षमा एक समर्थक हेम गिरी लेख्छन्-
मैले छक्का पन्जा चलचित्र हेरेको छु । त्यो चलचित्र कस्तो छ भन्ने कुरा दुनियाँलाई थाहा छ । चलचित्रको विषय बहसमा आउन नसकेको मात्र हो । नायिका ऋचा शर्माले सो चलचित्र र त्यस चलचित्रको दोस्रो सिक्वेलको विषयलाई बहसमा प्रस्तुत गर्दा उनलाई ‘गेट वेल सुन’ भन्नेहरु बौद्धिक फिल्मकर्मी होइनन् । उनले बोलेको भिडियो या अडियो राम्रोसँग नसुनी फेसबुकमा उनीमाथी आक्रमण गरेको देख्दा छक्का पन्जाका कलाकारहरु बौद्धिक फिल्मकर्मी होइनन् भन्ने कुरा मज्जाले पक्का पक्की भयो । आफू मच्चिने अनि आफ्नो फिल्मका दुई चार जना कलाकारलाई फेसबुकमा मच्चाउने एक जना कलाकारको हर्कत देख्दा महिलाविरुद्ध हिंसाका दृष्य हेरेर ताली बजाउने दर्शक भन्दा तिनी झनै धेरै मुर्ख रहेछन भन्ने लाग्यो । आफ्नो फिल्मलाई अरूले गरेको टिप्पणी सुन्ने र पचाउने शक्ति हुनु पर्छ । एक कलाकारको या दर्शकको रूपमा नायिकाले आफ्नो कुरो राख्न पाउनुपर्छ । फिल्ममा प्रयोग भएका महिला हिंसा सम्बन्धी संवाद सुनेर ताली बजाउनेहरु मुर्ख नै हुन् । नारी निर्देशक भएर नारी नै अपमानित हुने फिल्म निर्देशन किन गरेको भन्ने उनको प्रश्न जाहेज छ । फिल्म भनेको मनोरञ्जन मात्र होइन, सत्यपरक अनि सकारात्मक सूचनाको लागि पनि हो । नायिका ऋचा शर्मा एक बौद्धिक फिल्मकर्मी हुन् । उनले फिल्म हेर्ने दर्शक मुर्ख हुन भनेकी छैन तर, उनले भने जस्तै महिला हिंसा सम्बन्धी संवाद सुनेर ताली बजाउने अनि महिलाहरुलाई कुटिरहेका दृष्य हेर्दा ताली पिटेर हाँस्ने दर्शकहरु मेरो लागि पनि मूर्ख नै हुन् । म पुर्णरुपमा सहमत छु ऋचा शर्मासँग ।
















प्रतिक्रिया