
एजेन्सी । हामीले दैनिक रुपमा अपनाउने सानातिना बानी व्यवहारले पनि हामीलाई मृत्युको मुखमा पु-याउन सक्छ भन्ने कुराले तपाईलाई आश्चर्य लाग्न सक्छ । भर्खरैमात्रै अमेरिकी बैज्ञानिकहरुले गरेको अनुसन्धानले धेरै रिसाउने मानिसहरुको समयभन्दा अघि नै मृत्यु हुने देखाएको छ । मानिसहरुमा बढ्दै गएको रिसले उनीहरुको शरीरमा पर्ने असरको बारेमा बैज्ञानिकहरुले अध्ययन गर्दा यस्तो खुलासा भएको हो ।
लोवा स्टेट युनिभर्सिटिले गरेको अध्ययनमा धेरै रिसाउने २० देखि ४० वर्षका व्यक्तिहरुको मृत्यु नरिसाउने व्यक्तिहरु भन्दा डेढ गुणा छिटो हुने दखिएको हो । रिसाउँदा मानिसको शरीरमा धेरै थरीको केमिकल परितर्वन हुने भएकाले त्यसले मानसिक तनावका कारण धेरै प्रकारका मानिस रोगहरु लाग्न सक्छ । वास्तवमा रिसाउँदा शरीरमा तीब्र रुपमा एड्रीनालिन बढ्छ । तर मानसिक तनावको बेला बारम्बार एड्रीनालिन बढ्दा डीएनएमा खराबी आउँछ । यसबाट खरतनाक रोगहरु लाग्नुका साथै मृत्यु पनि हुन सक्छ ।
धेरै रिसाउने मानिसहरुमा निन्द्रा नआउने रोग लाग्न सक्छ । रिसका कारण मष्तिस्कको धेरै भाग सक्रिय रहन्छ । यसकारणले शरीरले आराम पाउन सक्दैन ।
धेरै रिसाउने मानिसमा टाउको दुख्ने समस्या देखिन सक्छ । किनकी रिसाउँदा शरीरमा कोर्टिसोल नामक स्ट्रेस हर्मोन पैदा हुन्छ । साथसाथै एड्रीनालिन र टेस्टोस्टेरोनको मात्रा पनि शरीरमा बढ्छ ।

हार्वड स्कुल अफ पब्लिक हेल्थले गरेको अनुसन्धानका अनुसार धेरै रिसाउने मानिसहरुमा कम रिसाउने मानिसहरुको तुलनामा फोक्सोको रोगको जोखिम बढि हुन्छ ।















प्रतिक्रिया