३ कार्तिक २०८३, मंगलबार

२७ लाखको बाइकमा घुम्छन् जोन अब्राहम, यस्तो छ उनको कलेक्सन

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । पछिल्लो समय बलिउडका सुपरस्टार नायक जोन अब्राहम मुम्बईको सडकमा महंगो बाइकमा हुईकिएको देखिएको छ । जोन आफ्ना फेभरेट बाइकमध्येको एक यामाहा भीम्याक्सको सवारीमा रहेको देखिएको थियो । जसको मुल्य २६ लाख ९४ हजार भारुभन्दा बढि रहेको छ ।

वास्तवमा यो पहिलो पटक भने होइन । उनी महंगा बाइक तथा कारहरुको निकै शौखिन छन् । उनको बाइक कलेक्सनमा राजपुतानाको लाइट फुट, डुकाटीको डिभेल, कावासकीको निन्जा, हायाबुसा, महिन्द्रा मोजो आदि रहेका छन् । त्यतिमात्रै नभई उनीसँग निसान जीटीआर तथा ल्याम्बरगिनि जस्ता महंगो कारहरुको कलेक्सन पनि छ । यी हुन् जोन अब्राहमका बाइक तथा कार कलेक्सनः

१. डुकाटीको डिभेल (Ducati Diavel)

मुल्य – करिव १३.८६ लाख भारु

२. यामाहा आर वन (Yahama R1)

मुल्य – करिव २२.४३ लाख भारु

३. कावासकीको निन्जा (Kawasaki Ninja ZZR1400)

मुल्य – करिव १७.६६ लाख भारु

४. सुजुकीको हायाबुसा (Suzuki Hayabusa)

मुल्य – करिव १५.९५ लाख भारु

५. महिन्द्राको मोजो (Mahindra Mojo)

मुल्य – करिव १.८३ लाख भारु

६. यामाहा आरडी ३५० (Yahama RD350)

मुल्य – करिव ३० हजार भारु

७. निसान जीटी-आर (Black Nissan GT–R)

मुल्य – करिव २ करोड भारु

८. अउडी क्यु–सेभेन (Audi- Q7)

मुल्य – करिव ८१.७ लाख भारु

९. अउडी क्यु–थ्री (Audi Q3)

मुल्य – करिव ३२.१७ लाख भारु

१०. मारुती जिप्सी (Maruti Gypsy)

मुल्य – करिव ६.०९ लाख भारु

११. ल्याम्बोर्गिनी गेलार्डो (Lamborghini Gallardo)

मुल्य – करिव ३.४६ करोड भारु

 

१२. राजपुतानाको लाइट फुट