३ कार्तिक २०८३, मंगलबार

बोल्ड अवतारमा परिणिती

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । परिणिती चोपडा अर्जुन कपुरसँगै ‘इशकजादे’बाट बलिउड डेब्यु गरेकी थिइन् । आगामी वर्ष यही जोडी नयाँ फिल्म ‘पिंकी और सन्दिप फरार’मा पुनः सँगै प्रस्तुत हुनेछ ।

फिल्ममा अर्जुनलाई हरयाणी पुलिसका रुपमा देख्न पाइने खबरहरूमा उल्लेख छ । यसै मेसोमा फिल्ममा परिणितीको लुक्स बाहिरिएको छ ।

पिंकी अवतारमा परिणितीलाई निकै सेक्सी देखिएको छ । केहीअघि तौल घटाएर स्लीम बनेकी उनलाई बुट्टेदार सुट र चश्माका साथ प्रस्तुत गरिएको छ ।

अरुबेला सधैं सामान्य रुपमा प्रस्तुत भइरेहकी उनी यस फिल्ममा आजसम्मकै बोल्ड देखिएकी छन् । फिल्ममा उनी कर्पोरेट गर्लका रुपमा प्रस्तुत हुनेछिन् । दिवाकर बनर्जीको यो फिल्मका केही दृश्य नेपालको बैतडीमा खिचिने बताइन्छ । – एजेन्सी