३० आश्विन २०८३, शुक्रबार

जिम्बाबेको सेनाले संबैधानिक रुपमै सत्ता लिएको अदालतको ठहर

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हरारे, १० मंसिर । जिम्बाबेको उच्च अदालतले पुर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिनु संवैधानिक नै भएको ठहर गरेको छ ।

सेनाले अर्का नेतालाई राष्ट्रपतिको रुपमा जिम्मेबारी दिएको भोलीपल्ट अदालतको यस्तो निर्णय सार्वजनिक भएको हो ।

“पुर्वराष्ट्रपति रोबर्ट मुगाबेको सत्तालाई नियन्त्रणमा लिने सेनाको कदम संबैधानिक नै छ,” अदालतलाई उद्धृत गर्दै सरकारी संचार माध्यमहरुले समाचार संप्रेषण गरेका छन् ।

जिम्बाबेका धेरै जनताले पनि सेनाको कदम सही भएको भन्दै देशभरी सुखीयाली मनाएका थिए ।

जिम्बाबेको सेनाले यही नोभेम्बर १५ तारिखका दिन ९३ बर्षीय तत्कालिन राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिएर मंगलबार राजीनामा गर्न बाध्य पारेको थियो ।

मुगाबेको राजीनामासँगै जिम्बाबेमा मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको छ भने नयाँ राष्ट्रपतिको रुपमा अर्का नेता इमेर्सन मनाङ्गाग्वाले जिम्मेबारी सम्हाल्नु भएको थियो ।

उहाँले गत शुक्रबार मात्रै जिम्बाब्वेको नयाँ राष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ भने जिम्बाबेमा नयाँ युगको सुरुवात भएको धेरैले बताएका छन् । – एएफपी