अमेरिका, ९ मंसिर । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी छोरी मलिया ओबामाले चुरोट पिएको तथा नयाँ प्रेमीसँगको समाचार विभिन्न मिडियाहरुमा आएपछि उनको आलोचना गरिएको थियो ।
यस्तोमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले उनको गोपनियताको हकको पक्षमा उभिँदै समाचारहरुको खण्डन गरेकी छिन् । इभान्काले ट्वीट गर्दै भनेकी छिन्, ‘मलिया ओबामालाई पनि उत्तिकै गोपनियताको अनुमति छ जति उनका स्कुले साथीहरुको छ । उनी कलिली युवती र स्वतन्त्र नागरिक पनि हुन् । उनलाई निश्चित परिधि भित्र राखिनु हुँदैन ।’ उनले समाचारहरुमा मलियाले चुरोट पिएको फोटो तथा भिडियोहरु सार्वजनिक भएपछि यस्तो प्रतिकृया दिएकी हुन् ।
त्यस्तै, अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टन पनि मलियाको पक्षमा उभिएकी छिन् । उनले पनि मलियाको समर्थनमा ट्वीट गर्दै भनिन्, ‘एक युवती, कलेजकी विद्यार्थी तथा स्वतन्त्र नागरिकको रुपमा रहेकी मलियाको निजी जिवन तपाईहरुको क्लिकबेट (पाठकलाई क्लिक गर्न आकर्षित गर्ने) बन्नु हुँदैन । त्योभन्दा राम्रो बन्नुहोस् ।’
पूर्वराष्ट्रपति बाराक ओबामाकी छोरी मलिया हाल हार्वड युनिभर्सिटिमा पहिलो वर्षकी विद्यार्थी हुन् ।















प्रतिक्रिया