मुम्बई । कपिल शर्माको आगामी चलचित्र ‘फिरंगी’ डिसेम्बर १ मा रिलिज हुँदै छ । कफिल र नायिक इशिता दत्त चलचित्रको प्रचारप्रसारमा बेजोडका साथ लागिरहेका छन् । यसैक्रममा इशिताले एक अन्तरवार्तामा आफूसँग यौन शोषण भएको खुलासा गरेकी छिन् ।
केही समय अघिमात्रै सामाजिक सञ्जालमा महिलाहरुमाथि यौन शोषणको विरुद्धमा ‘मि टु’ (#MeeToo) नामक अभियान चलाइएको थियो । अन्तरवार्तामा यसबारे इशितासँग प्रश्न गर्दा उनले आफूसँग पनि यौन शोषण भएको बताएकी थिइन् ।
उनले भनिन्, ‘म पनि कलेज जाने समयमा शोषणको शिकार भएको थिएँ । म रेलमार्फत कलेज जाने गर्थे र त्यतिबेला एकजनाले मलाई गलत तरिकाले छोएको थियो । त्यो मानिस एक अधवैसेँ उमेरको थियो । तर म चुप बसिनँ ।’ उनले त्यो घटनाको डटेर सामना गरेको बताइन् । भीडमा नै पनि उनले त्यो व्यक्तिको बेइजत गरेको अन्तरवार्तामा बताइन् ।
यस्तै घटना अर्को पटक पनि भएको उनले बताइन् । यो घटना पनि कलेज पढ्दा कै भएको उनको भनाइ छ । उनले भनिन्, ‘रेलवे पुलमा एकजनाले मलाई हातपात गरेको थियो । उसको हात मेरो शरीरमा पर्ने बित्तिकै मैले उसको हात यति मज्जाले मर्काइदिएँ कि उसले त्यो घटना जिन्दगीभर सम्झने छ ।’ इशिताले यसअघि चलचित्र ‘दृश्यम’मा अजय देवगनसँग पनि काम गरिरसकेकी छिन् । -एजेन्सी
















प्रतिक्रिया