३ कार्तिक २०८३, मंगलबार

दलाई लामाले ‘बुद्ध भारतमा जन्मेको’ भनेपछि राजेश हमाल आक्रोशित, यसरी दिए जवाफ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानायक राजेश हमालले ‘बुद्ध भारतमा जन्मेको र नेपालीहरु ननसेन्स हुन्’ भन्ने दलाई लामाको अभिव्यक्तिप्रति कडा आक्रोश पोखेका छन् । महानायक हमालले सत्य लामो समयसम्म नलुक्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत दलाई लामालाई जवाफ समेत दिएका छन् ।

हमालले आफ्नो फेसबुकमा लेखेका छन्– ‘सत्य र दयाका प्रतीक भनिएका उनी राजनीति र चर्चाका पछि लागेर असत्य बोल्छन् भन्ने कसैले सपनामा पनि सोचेको थिएन । लाखौँ समर्थक भएका उच्च व्यक्तित्व मानिएका त्यस्ता ‘मानिस’ यतिसम्म तल पुगिसकेका छन् कि उनी आफ्नो झुटो भनाइको प्रभाव सारा विश्वमा पार्न खोजिरहेका छन् । भनिन्छ नि, ‘जोकोहीलाई पनि एकपटकका लागि मूर्ख बनाउन सकिन्छ तर यसले सधैँभरि काम गरिरहन्छ भन्ने छैन । सत्य लामो समयसम्म लुक्न सक्दैन ।’

राजेशको अक्रोशमा सबै नेपालीले समर्थन जनाइरहेका छन् ।