१२ मंसिर २०८३, शनिबार

इन्सपेक्टर दम्पतीको दुःखद अन्त्यः बिहे भएको तीन दिनमै जीप दुर्घटनामा ज्यान गयो

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रूकुम, ९ मंसिर । जीवनभर सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै लगन गाँठो कसेको एक साता नवित्दै रुकुममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) दम्पतीको दुःखद अन्त्य भएको छ ।

रूकुममा शुक्रबार राति भएको सवारी दुर्घटना वैवाहिक जीवनमा बाँधिएका प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उहाँकी नवविवाहित पत्नी प्रहरी निरीक्षक अनिता प्रधानले ज्यान गुमाएका हुन् ।

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्बरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा दुर्घटनामा पर्दा नवविवाहित दम्पतीसहित ७ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । रुकुमकोट निवासी प्रहरी इन्सपेक्टर नवीन श्रेष्ठ र उनकी नवविवाहित पत्नी प्रहरी इन्सपेक्टर अनिता प्रधानले पनि यो दुर्घटनामा मृत्युवरण गर्नु परेको छ ।

दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो दुर्घटनामा नवविवाहित जोडीसहित मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्लले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल पनि रहेकी छन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल रूकुम पुर्याइएको छ ।