१२ मंसिर २०८३, शनिबार

शेरबहादुर देउवाको बचाउ गर्दै आरजुले केपी ओलीविरुद्ध के–के भनिन् ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ९ मंसिर । प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ की प्रतिनिधि सभा उम्मेदवार आरजु राणा देउवाले ७ नंबर प्रदेशको विकास कांग्रेसको पालामा भएको बताएकी छिन् ।

उनले त्यसको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई दिनुपर्ने बताइन् । धनगढी उपमहानगरपालिकाको वडा नं १२ को चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ देउवाले सो कुरा बताएकी हुन् ।

उनले एमाले अध्यक्ष केपी ओली ७ नंबर प्रदेशको बारेमा अनविज्ञ रहेको बताउदै शेरबहादुर देउवाले डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केही गरेन् भन्नु हास्यास्पद’ रहेको टिप्पणी गरिन् ।

‘केपी ओलीले डडेल्धुरा पुगेर शेरबहादुरले केहि नि गरेन् भनेर भाषण गर्नु भयो रे’ चुनावी सभालार्इ सम्वोधन गर्दै उनले भनिन्, ‘मलाइ लाग्छ उहाँ यो क्षेत्रमा कहिल्यै आउनुभएको थिएन् ।’

बाम गठबन्धनका नेताले ठूलो त्यागपछि ल्याएको संविधान च्यात्छु, फाल्छु भन्दै कराउँदै छन्’ उनले ओलीलार्इ लक्षित गर्दै भनिन्, ‘फेरि राजा बन्ने सपना कसैले नदेखे हुन्छ, कांग्रेस उम्मेदवार देउवाले भनिन्, ‘नपाउनेले केरा पायो बोक्रा सहित खायो भनेको यही हो ।’