दुहवी, ९ मंसिर । नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि कांग्रेसको बहुमत आवश्यक रहेको बताएका छन् ।
सुनसरीको दुहबी नगरपालिकामा सम्पन्न चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री गच्छदारले सो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री गच्छदारले कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन सक्ने बताए । मन्त्री गच्छदारले लोकतन्त्रसंगै जारी भएको संविधान कार्यान्वन गर्नका लागि कांग्रेसलाई बिजयी गराउनुपर्नेमा जोड दिए ।
सुनसरी क्षेत्र नम्वर ३ का कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उमेदवार समेत रहेका मन्त्री गच्छदारले कांग्रेसको विजयबाट सम्पूर्ण जनता लाभान्वित हुने भएकाले रुख चिन्हमा मतदान गरी उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।
मन्त्री गच्छदारले कांग्रेसको नेतृत्वमा राजनीतिक परिवर्तनको काम सम्पन्न भएकाले अब संविधान कार्यान्वन गरी आर्थिक क्रान्ति सम्पन्न गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।
उनले अहिलेको संविधानले सबैको अधिकार सुनिश्चत गरेका कारण अब त्यसलाई मुर्त रुप दिनका लागि कांग्रेसलाई अत्याधिक बहुमत दिएर बिजयी गराउन सो क्षेत्रका मतदातालाई आग्रह गरे ।
कांग्रेसको नेतृत्वमा आएको संविधानको सफल कार्यान्वयनको लागि कांग्रेसकै बहुमत आवश्यक रहेको बताए ।











प्रतिक्रिया