
बरमझिया, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् धनुषा क्षेत्र नं १ का प्रतिनिधि सभाका नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले मधेश र मधेसीको मांग कांग्रेसले मात्र पूरा गर्न सक्ने भएको बताएका छन् ।
राष्ट्रिय पार्टी बन्न ३ प्रतिशत मतका लागि संघर्ष गरिरहेको कुनै क्षेत्रीय पार्टीले मधेसको राजनीतिक, आर्थिक र विकास–निर्माणको माग पूरा गर्न नसक्ने उनले बताए ।
धनुषा निर्वाचन क्षेत्र नं १ अन्तर्गत गणेशमान चारनाथ नगरपालिका वडा नं ९ , १०, ११, बरमझिया, डुमरियासहितका स्थानहरूमा मतदातासंगको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।
ढुंगानाले घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ संविधान बनेकाले कांग्रेसले बहुमत ल्याए मात्र मधेशको माग संविधान संसोधन मार्फत सम्बोधन हुने मतदाताहरुलाई बताए ।
घरदैलो सहितको चुनावी कार्यक्रममा १ क का प्रदेश सभा सदस्यका उम्मेदवार प्रेम किशोर साह, महाधिवेशन प्रतिनिधि भोला पंजियार, प्रदीप यादव, खत्रु यादव, लियाकत अलि, पूर्व जिल्ला सचिव जगतसुन्दर साह, जिल्ला कोषाध्यक्ष हरि नारायण साह, क्षेत्रीय सभापति जितनारायण साह, जिल्ला सदस्य साकिर राईन सहित स्थानीय कार्यकर्ता एवम् समर्थक मतदाताहरुको ठूलो सहभागिता रहेकोे थियो ।











प्रतिक्रिया