३० आश्विन २०८३, शुक्रबार

मस्जिदमा बम र बन्दुक आक्रमण, दुईसय जनाको मृत्यु

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ मंसिर । इजिप्टको सिनाई प्रायद्विपस्थित एक मस्जिदमा विद्रोहीले गरेको आक्रमणमा २०० जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य १२५ बढी घाइते भएका छन् ।

शुक्रबार बन्दूकधारीहरूले उत्तरी गाउँ अल रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएका थिए । बम विस्फोट गरे लगत्तै चार वटा गाडीमा आएका हतियारधारीले आक्रमण गरेका थिए ।

शुक्रबारको प्रार्थनामा सहभागी भएका सुरक्षा फौजका समर्थक आक्रमणको निशाना परेको बताइएको छ । सिनाईमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । केही समय अगाडी इजिप्टको सेनामाथि आतंकवादी आक्रमणको थियो ।

घटना लगत्तै राष्ट्रपति अब्देल फताह अल सीसीले आकस्मिक सुरक्षा बैठक डाकेका छन् । सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई हटाएपछि इजिप्टको यस क्षेत्रमा आतंकवादी समस्या बढेको छ । – एजेन्सी