काठमाडौं, ८ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा नेता चन्द्र बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज चन्दलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको हो । उनी नेकपाका महासचिव विप्लवका दाई हुन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार छोराको उपचारका लागि काठमाडौं आएका उनलाई चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले विप्लव समूहले चुनाव विरोधी गतिविधि गरेको भन्दै देशव्यापी पक्राउ अभियान थालेको छ ।












प्रतिक्रिया