कावासोती, ८ मंसिर । नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मुलुकको स्वाधिनता र राष्ट्रियता सुरक्षित हुन नसक्ने भन्दै रजहर धुसेरीका २५ जना काँग्रेस कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।
दुर्गाप्रसाद पौडेल, विना न्यौपाने, राधा बस्ताकोटी, अम्बिका पौडेल, सीता खनाल लगाएतका २५ जना काँग्रेस पार्टी परित्याग गरी बाम गठन्धनमा प्रवेश गरेको जनाएका हुन् ।
उनीहरुलाई क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार भविसोर पराजुली, प्रदेश सभा १(१) का उम्मेदवार सूर्य न्यौपाने लगाएतले बामगठन्धनमा अविर लगाएका स्वागत गरेका थिए ।
बाम गठबन्धन क्षेत्र नं. १ (२)ले शुक्रबार प्रदेश सभाका उम्मेवार रोशनबहादुर गाहा र सहितको टोलीले देवचुली १२ मा घरदैलो कार्यक्रम गरेको छ । घरदैलोको कार्यक्रममा जनयुद्धमा ज्यान गुमाएकी रमा सारुको बाबु आमालाई प्रदेश सभा सदस्यका उम्मेदवार रोशनबहादुर गाहा र प्रतिनिधि सभा सदस्यका उम्मेदवार भविसोर पराजुलीले सम्मान गर्नु भएको छ ।
बामगठन्धनले नवलपुर क्षेत्र नं. २ को हसौरा, बहुवन, सर्दी लगाएतका क्षेत्रमा उम्मेदवार तिलक महत, किसन शर्मा र जनकलाल श्रेष्ठसहित घरदैलो गरेको छ । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको एमालेका नेता रामकृष्ण ढुङ्गानाले जानकारी दिए ।












प्रतिक्रिया