चितवन, ८ मंसिर । नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नम्बर १ का वाम गठवन्धनका उम्मेदवार सुरेन्द्र पाण्डले ६४ जना मन्त्रीको पल्टन लिएर सरकार बलियो नहुने बताएका छन् ।
चुनावी अभियानका क्रममा आयोजित सभालाई सम्वोधन गरेका नेता पाण्डेले देउवा सरकार जस्तो योजना र भिजन नभएको सरकारले जति मन्त्री थपेपनि त्यसको औचित्य नहुने बताए । ‘देश बनाउन राम्रो दृष्टिकोण, योजना चाँहिन्छ ।’ पाण्डले भने– ‘इमान्दार र जनताप्रति जिम्मेवार सरकार बने छोटो अवधिमा देश धनि हुन्छ ।’
कांग्रेस सभापति देउवालाई देश कसरी बनाउने भन्दापनि कतिपटक प्रधानमन्त्री भएर नेपाली जनताको समय र भविश्य वर्वाद पार्ने भन्ने कसरतमा लागेको पाण्डेले आरोप लगाए । ‘उहाँ प्रधानमन्त्री ७ पटक हुने अरे ज्योषितीका अनुसार, किन प्रधानमन्त्री हुने के गर्न प्रधानमन्त्री हुने ?’ पाण्डेले प्रश्न गरे ।
कांग्रेसले वामपन्थी राजनीतिक शक्तिहरुलाई लोकतन्त्रको पाठ सिकाउन नसुहाउने उनले बताए । लोकतन्त्र ल्याउन १४ बर्षसम्म कालकोठरीमा विताएका वामपन्थी नेताहरु अगाडि कांग्रेसले गर्ने गफ फिक्का हुने नेता पाण्डेको भनाई छ ।












प्रतिक्रिया