१२ मंसिर २०८३, शनिबार

कमल थापाले यसकारण हटाउनु प-यो ट्वीट

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । उपप्रधान तथा उर्जामन्त्री कमल थापाले शुक्रबार विहान गरेका निर्वाचन सम्बन्धी ट्वीटहरु हटाएका छन् । मौन अवधीमा भोट माग्दै ट्वीट गरेका थापालाई निर्वाचन आयोगले स्पष्टीकरण मागेपछि उनले सो ट्वीटहरु डिलिट गरेका हुन् ।

राप्रपाका अध्यक्ष समेत रहेका थापालाई आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको थियो ।

‘आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा मिति २०७४/०५/१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि शुरु भइसकेको अवस्थामा माननीयज्यूले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (घ)को उपखण्ड (१) विपरीत देखिएको हुँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो । पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४/०८/०८ को निर्णयानुसार अनुरोध छ ।’ आयोगले थापासँग सोधेको स्पष्टीकरणमा भनिएको छ ।

आयोगले थापासँग स्पष्टीकरण माग गरेपछि उनले शुक्रबार दिउँसो नै अर्को ट्वीटमार्फत निर्वाचन सम्बन्धी ट्वीट डिलिट गरेको जानकारी गराएका थिए ।