सिराहा, ८ मंसिर । सिराहा जिल्लास्थित प्रतिनिधिसभा क्षेत्र नम्बर ४ को प्रचारप्रसार कार्यालयमा कुकर बम विष्फोट भएको छ ।
शु्क्रबार दिउँसो गठबन्धनको कार्यालयमा कुकर बम विष्फोट भएको इलाकाप्रहरी कार्यालय मिर्चैयाका डिएसपी जगुसिद्धि बज्राचार्यले जानकारी दिए ।
बम विष्फोटका कारण कार्यालय भवनमा सामान्य क्षति पुगेको छ । बम विष्फोट गर्न आएका टोलीले गठबन्धनको कार्यालयमा टाँसिएको प्रचार सामग्री समेत च्यातेका छन् ।
घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी) ले लिएको छ । घटनास्थलमा जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी) काअध्यक्ष जय कृष्ण गोइतले हस्ताक्षर गरेको पर्चाहरू भेटिएको छ ।
घटनाबारे थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।
निर्वाचन भाँड्ने षड्यन्त्रः पूर्वमन्त्री नायक
बम विष्फोटपछि सिराहा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री अजयशंकर नायकले निर्वाचन भाँड्ने षड्यन्त्रका साथ कार्यालयमा बम विष्फोट गराइएको बताएका छन् ।
विष्फोटपछि छोटो प्रतिक्रिया दिँदै उनले संविधान जारी गर्ने बेला संविधानजारी हुनबाट रोक्ने देशीविदेशी शक्तिको समेत संलग्नतामा बमविष्फोट गराइएको उनले बताएका हुन् ।
बम पड्काउँदैमा निर्वाचनका कुनै पनि कार्यक्रम नरोकिने बताउँदै उनले भने, ’हामी बम बारूद्सँग खेलेर आएकाहरू अहिले निर्वाचन भाँड्नकै लागिकोही कसैले बम पड्काउँदैमा डराउने छैनौँ ।’












प्रतिक्रिया