१२ मंसिर २०८३, शनिबार

कांग्रेसका कारण जनताले ३० बर्षसम्म दुुःख भोगेः रावल

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, ८ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पछौटेपन, गरिबीलाई हटाई देशलाई समृद्धितिर अघि बढाउन र सविधानको सफल कार्यान्वयनका लागि बाम गठबन्धको सरकार आवश्यक रहेको बताउनुु भएको छ ।

अबको निर्वाचन पछी २ तिहाई बहुुमतका साथ बाम गठबन्धनको सरकार निर्माण भई देश स्थायी शान्ती र समृद्धितिर अघि बढने दाबी गर्दै नेता रावलले बामपन्थीका विगतमा भएका सरकारले महत्वपूर्ण योजना ल्याएपनी पटक पटकको सरकार परिवर्तनले कार्यान्वयन हुन नसकेको बताउनु भयो ।

अब गठन हुुने सरकारले सबै योजना पूरा गर्ने दाबी गर्नुभएका रावलले नेपाली कांग्रेसका कारण जनताले ३० बर्ष सम्म दुुःख भोग्नु परेको टिप्पणी गर्नुभयो । २०१५ सालमै कांग्रेसलाई जनताले दुई तिहाई बहुुमत दिँदा पनी देश बिकासतिर अघि बढ्नुको साटो जनतालाई धोका मात्र भएको उहाँको आरोप छ ।

अछाम क्षेत्र नम्बर २ को ढकारीमा भएको बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार समेत रहेका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युुनिष्ट सरकार बनेपछि रुन पनि पाईदैन भन्ने अभिब्यक्ति हाँस्यास्पद भएको बताउनुु भयो । जनताको मतको कदर गर्न नसक्ने काग्रेसले देशको बिकास कहीले पनी नचाहेको उहाँको भनाई छ ।

पार्टी एकीकरण हुनेमा कुुनै आशंका नगर्न बरिष्ठ नेता बादलको आग्रह

यस्तै, नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता राम बहादुर थापा बादलले एमाले र माओवादी केन्द्र वीच पार्टी एकीकरण हुनेमा कुुनै आशँका नगर्न आग्रह गर्नुु भएको छ । मंसिर २१ गते पछी लगतै पार्टी एकीकरणको अभियान सुरु हुुने र पार्टी एकता भईसकेपछी स्थानीय देखि केन्द्र सम्म सबै नेता कार्यकर्तालाई व्यवस्थापन गर्दै लैजाने बताउनुु भयो ।

तुर्माखाँदमा आयोजित बाम गठबन्धनको संयुक्त चुनावि सभामा सम्बोधन गर्न अछाम पुग्नुभएका नेता बादलले अब देशको जिम्मेवारी बाम गठबन्धनको काँधमा आईसकेकाले २ तिहाई मतका साथ बामपन्थी सरकार निर्माण हुुने दाबि समेत गर्नु भयो । अछाममा बामगठबन्धका उम्मेद्धारको जित सुनिश्चित भईसकेकाले आफुु शुुभकामना दिन अछाम पुुगेको उहाँले बताउनुु भयो ।

तस्वीरः कमल रावल