१२ मंसिर २०८३, शनिबार

मर्चवारमा सूर्य झुल्किदा चौतर्फी चकमन्न (फोटो फिचर)

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

मर्चवार, ८ मंसिर । बत्तिमुनिको अध्यारो भनेजस्तै रुपन्देही सदरमुकाम भैरहवादेखी पश्चिम दक्षिणमा अवस्थित किसानहरुको बाहुल्यता रहेको मर्चवारमा अहिले संघ र प्रदेशसभाको चुनाबी रौनक व्यापक छ ।

पूर्व प्रधानमन्त्री डा. के आई सिंह, पुर्व गर्भनर हरिशंकर त्रिपाठी, पुर्वमन्त्री सवेन्द्रनाथ शुक्ला जस्ता व्यक्तिहरुको क्षेत्र पन्चायतकालदेखी अहिले सम्म पनि विकासको मूलधारमा आउन नसकेपछि त्यहांका जनताले राजनीतिक परिवर्तन खोजेको देखिएको छ । उक्त क्षेत्रबाट यसअघि ०७० मा सवेन्द्रनाथ शुक्ला, ०६४ ओमप्रकाश यादव सांसद भएका थिए । शुक्ला हाल राजपाबाट र यादव संघीय समाजबादी फोरम नेपालबाट प्रतिनिधीसभाकोलागी उम्मेदवार छन् । तर त्यहांका जनताले बारम्बार मत दिएर जिताउदा पनि केही नगरेको गुनासो गर्दै देशभरी नै सर्वत्र चर्चा परिचर्चा हुदैं आएको बाम गठबन्धनको उम्मेदवारलाई मतदान गर्ने देखिएको छ ।

धेरैले भन्न थालेका छन्, सधै अध्यारो भइरहेको मर्चवारमा सूर्य झुल्कीएसंगै चौतर्फी चकमन्न हुन थालको छ । शुक्रबार मझगाव चौंकमा पान पसलमा बसीरहेकी गंगा ठटेरले भनिन, मर्चवारले सांसद र मन्त्री धेरै जन्मायो तर जनताको नेता चुन्न सधैं चुकिरहयो । यो निर्वाचनमा हामी विचार र विकासका संवाह नेता चुन्दैछौं । त्यसैले हामी सूर्यमा मतदान गर्दैछौं ।
गोरुको पुच्छर समाएर हलो जोतिरहेका मर्यादपुरका किसार रामबिलास रायले भने, हामी किसान गरिबलाई हेर्ने कोही देखेनौं । अबको आशा सुर्यमा छ । यसपटक उसैलाई सहयोग गर्ने हाम्रो सल्लाह छ । मर्चवारमा शुक्रबार आसन्न निर्वाचनको चहलपहलको अवलोकनमा जादां ठाउ ठाउमा एमालेका पर्चा पम्प्लेट देखिए ।

सबैभन्दा गजबको प्रसंग त के छ भने केही महिना अगाडी सोहि क्षेत्रमा एमालेको नाम लिदा वित्तिकै ज्यान जोखिममा परेको अनुभूति गर्नेहरु अहिले एमाले भनेर हिड्न पाउदां सबैभन्दा सम्मानित भइरहेका छन् । गरगट्टीमा भेटिएका बाबुलाल यादवले भने ‘हामी एमाले भएकै कारण विगतमा धेरै अफ्ठयारा भोग्यौ, त्यतिबेला जनताले बुझेनन् अहिले बुझिसकेका छन् । जनताले अगाध माया गरे यहां सूर्य चिन्हलाई मतदान गर्न लालयित भएको देख्दा हामी अत्यन्तै खुसी भएका छौं ।

उक्त क्षेत्रका बामगठबन्धनबाट प्रतिनिधी सभा सदस्य पदमा ओमप्रकाश यादव गुलजारी, प्रदेश सभा १ मा पल्लवी शुक्ला र २ मा सन्तकुमार यादव उम्मेदवार रहेका छन् ।

बामगठबन्धको उक्त टिमलाई जिताउन एमाले केन्द्रिय सदस्य खिमलाल भट्टाराई, जिल्ला सचिवालय सदस्य सिद्धिचरण भट्टाराई, एमाले नेता बाबुलाल यादव, समरी गाउपालिका अध्यक्ष बब्लु शुक्ला लगायतको टिम रणनीतिक योजनाका साथ सो क्षेत्रमा खटिएको छ । युवा संघको जिल्ला सदस्य श्रीवास उपाध्यय, के.डी खान लगायतको टिमले मर्चवारका टोलटोलमा गरेको प्रचारप्रसारले पनि एमाले उम्मेदवारलाई जित तर्फ उन्मूख गराएको देखिन्छ ।

एकातर्फ राजपा उम्मेदवार शुक्लाको राजनीतिक विरासत भत्काउनु, अर्कोतर्फ नवप्रवेशी कांग्रेस उम्मेदवार प्रमोद यादवको आर्थिक प्रभावलाई चिर्नु एमाले उम्मेदवारको मुख्य चुनौति रहेको बामगठबन्धनका उम्मेदवार ओमप्रकाश यादव गुलजारीले बताए । यद्यपी उनले करिब ५ हजार मतान्तारले आफुले विजयी हासील गर्ने दाबी भने गरे ।

उनले भने ‘म अहिले सम्म जे गरिरहेको छु त्यो मर्चवारको विकासको लागी गरिरहेको छु । यो क्षेत्रका जनतालाई स्वास्थ्य शिक्षा, बाटोघाटो, पानी, विजुली र सीप अनुसारको काम, काम अनुसारको दाम दिनेगरी कृर्षीको बैज्ञानिकरणकोलागी अब बन्ने बाम सरकारले मात्रै गर्न सक्ने हुदां जनताले हामीलाई मत हाल्दैछन् ।

उनले जोड दिदैं भने, निर्वाचन पछि बन्ने सरकार बाम गठबन्धनको हो । यसर्थ बाम गबठन्धनको उम्मेदवारले जितेपछि यहांका हरेक समस्या समाधान हुन्छन् । तपाईले मिडिया मार्फत बताईदिनुस की मर्चवारमा सुर्य उदायो । अब यो मंसिर २१ मा अझै उज्यालो हुन्छ ।

सो क्षेत्रमा विगतमा मधेसबादी दलको बाहुल्यता रहेको भएता पनि पछिल्लो समय मधेसबादी दलका नेताहरु कांग्रेस एमालेबाट उम्मेदवार भएपछि त्यहांको राजनीतिले नयां मोड समेत लिएको छ । उक्त क्षेत्रमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पुर्व मन्त्री ओमप्रकाश यादव गुलजारी, राष्ट्रिय जनता पार्टिका बरिष्ठ नेता पुर्व मन्त्री सवेन्द्रनाथ शुक्ला र लोकतान्त्रीक गठबन्धनका प्रमोद यादबबीच त्रीपक्षिय पतिसपर्धा देखिएको छ ।

बाम गठबन्धनका उम्मेदवार यादव २०६४ सालको निर्वाचनमा रुपन्देही २ बाट सभासद भई मन्त्री समेत भएका थिए ।