
– दिपक महत
अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको निधनमा विश्वका अधिकांश मान्छेका आँखा रसाए । उनको निधनमा धेरैले मन थाम्न सकेनन् । हजारौं डाँको छोडेर शवयात्रामा सहभागी भए, रोए ।
महात्मा गान्धीको हत्याले पनि धेरैको मन छोयो । ‘लेडी विथ द ल्याप’ भनेर चर्चा कमाएकी फोलेरेन्स नाइन्टिङ्ेलको दुखःद निधनले पनि सबैको ध्यान खिच्यो । उनी हत्तपत्त बिर्सनै नसक्ने गरी धेरैका मनमा रहिन् । यस्तै नेपालका केही राजनीतिज्ञ, सामाजिक व्यक्तित्वको निधनमा पनि यो र यस्तै अवस्था रह्यो ।
परिर्वतनका केही खुट्किला पार गर्दे गर्दा नेपालका आन्दोलनमा केही हजारले आफ्नो प्राणलाई त्याग गरे । आफूलाई देशको सपुतमा चढाए । त्यसको महत्व, प्रभाव र असरलाई सबैले आफ्नो बुझाई अनुरुप मुल्याङ्कन गरिरहेका छौं । कसैको निधनमा दुखः यथार्थ साक्षि बन्छ । त्यसले छोड्ने दुखाइका बाछिटाको प्रहार सहनै नसक्ने हुन्छ ।
मानव भएर धर्तीमा टेकेपछि जिन्दगीका अनेक यात्राहरुमा मान्छे प्रत्यक्ष परोक्ष रुपमा देखा पर्दछ । भोगाइ सहितको रङ्गी–बेरङ्गी यात्राले जीवनको रेखालाई कहिले सरल त कहिले कालसर्प बाटोसँग साक्षात बनाइदिन्छ । संसारको रित नै त यस्तै छ । संसारमा मानविय रुप अनेक रङ्गमा प्रकट भइरहेका हुन्छन् । समयक्रमा केही फूल्छन् केही ओइलाएर समय नपुग्दै सुक्छन्, खस्छन् या त मर्छन ।
“विश्वमा मानव जातीको अभ्युदयपछि यस्ता कयौं प्रिय पात्रहरुले धर्ती छाडे । सम्झनामा मृत्युपर्यन्त पछि मात्रै पनि हामी उनिहरुलाई सम्झिरहन्छौं । यादमा सोचमग्न हुन्छौं, तिनका सामाजिक, राजनीतिक, वैज्ञानिक, आर्थिक तथा साँस्कृतिक लगायतका मानवपक्षिय योगदानले ।”
कुनैपनि सजिवको अस्तित्व जबसम्म जीवित रहन्छ तबसम्म मात्रै उसको प्रभाव, प्रभावकारी रहन्छ । भलै सजिव मध्ये, मान्छेमा फरक छ । मान्छे कर्मले भने युग–युगसम्म अजम्बरी बनिरहेका हुन्छन् । उनिहरुले छोडेका सम्झनयोग्य यादले धेरैका मानस्पटलमा बसिरहन्छन् । पुस्तौं–पुस्तासम्म ।
विश्वमा मानव जातिको अभ्युदयपछि यस्ता कयौं प्रिय पात्रहरुले धर्ती छाडे । सम्झनामा मृत्युपर्यन्त पछि मात्रै पनि हामी उनिहरुलाई सम्झिरहन्छौं । यादमा सोचमग्न हुन्छौं, तिनका सामाजिक, राजनीतिक, वैज्ञानिक, आर्थिक तथा साँस्कृतिक लगायतका मानव पक्षिय योगदानले ।
जन्मेपछि संसार त छाड्नैपर्छ यो कटु यथार्थ मानव जगतले बुझिआएको नै छ । यो तितो यथार्थ मनमा सधैभरी लिएर हिँड्न राजी छैन, मान्छे । यदि यसैमा अडिरहने र सोचिरहने हो भने मान्छे कर्मबाट टाढा भाग्छ । कर्म गर्नुको औचित्य माथि प्रश्न खडा स्वभाविक रुपमा गर्छ । फेरी यो जिन्दगी त चलाउनु नै छ । पुनहः कर्ममै फर्कन आम मान्छे बाध्य हुन्छ ।
मानव अस्तित्वमा सामेल बन्न आइपुगेका सबैलाई प्रियताको कसीमा भने उम्भाइनु मुर्खता हुन्छ । कुर्कमले मान्छे दानव बनेका हामीसँग उदाहरणका फेहरिस्त नै छन् । ती मृत्युपछि स्वर्गको कुन लोकमा पुग्छन् ! समाजबाट भने ती धुमिल भएर बिलाउन्छन् । मानवताको विशुेषता रत्तिभर पनि नभएका हरुलाई मानव भनिनु कत्तिको जायज हो, यो छुट्टै विश्लेषणको विषय हो ।
“एउटा कुशल राजनितिज्ञको निधनमा देश रुन्छ । एउटा कुशल सामाजिक अभियन्ताको निधनमा समाज रुन्छ । एउटा वैज्ञानिको निधनमा समग्र विज्ञान रुन्छ । र यस्तै अनेक रुवाईले विशेष, खास क्षेत्रलाई दुखाइको घेरामा तान्छ ।”
मान्छेको धर्तीबाट कुनैपनि बिदाई मन नरुवाउने हुदैंन, सायद । मात्रै फरक हुन्छ कति व्यक्ति, परिवार, समाज र देशलाई छुन्छ, भन्नेमात्र । एउटा कुशल राजनितिज्ञको निधनमा देश रुन्छ । एउटा कुशल सामाजिक अभियन्ताको निधनमा समाज रुन्छ । एउटा वैज्ञानिको निधनमा समग्र विज्ञान रुन्छ । र यस्तै अनेक रुवाईले विशेष, खास क्षेत्रलाई दुखाइको घेरामा तान्छ । मानविय संवेदना तथा भावको एक प्रतिनिधित्व हो रुवाई । यसबाट मात्रै मान्छेको स्वभावलाई कठोरता र कोमलता सोचिनु सहि विश्लेषण हुनै सक्दैन । मानविय भावना आँशुमा पोखिनु प्रकृतिले दिएको एउटा स्वभाविक र अमुल्य गुण हो ।
मानव जातिको विकास क्रमसंगै केही सजिव सदाका लागी धर्तीबाट नामेट बने । केही बाँच्नका लागी कडा संर्घषमा छन् । केही ठिक्कको संर्घषमा । केहीको भने अस्तित्व नयाँ बनेर भित्रिने सम्भावनालाई पनि नकार्न सकिन्न । यो विज्ञानको पाटो सदा–सर्वदा स्विकार्यताको अंश हो ।
मान्छे निधनको समय तथा परिस्थितिले गहिरो अर्थ लाग्छ । अल्यायुमै हुने गरेका कतिपय निधन साँच्चै कल्पना गर्ने नसकिने हुन्छन् । दुर्घटनाबाट हुने गरेका निधनले वर्षोसम्म धेरैका मनमा घोचिरहन्छन् । हर–कोहीको निधनले छुने दायरा फरक छ । परिवारमात्रै नभएर विश्वमा नै त्यस्ता केही मान्छेको अभाव धेरैसम्म खट्किरहन्छ । सर्वस्विकार्य सत्य जीवन नासवान् छ । केही समयको करार धर्ती बसाइँलाई खुसी र सफल बनाउन तिर लागौं, भलो यसैमा छ ।















प्रतिक्रिया