१२ मंसिर २०८३, शनिबार

निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्यलाभको कामना

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । राजधानीको ओम अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधान एवम् गृह मन्त्री विमलेन्द्र निधिलाई नेपालका लागि भारतीय राजदूत मन्जीब सिंह पुरीले भेटघाट गरेका छन् । निधिलाई भेटसँग भेट गरी उनले स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् ।

शुक्रबार दिउँसो अस्पताल पुगेका राजदूत पुरीले नेता निधिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । अस्पतालका डाक्टर अध्यक्ष भोला रिजालले राजदूत पुरीलाई निधिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । काँग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोध सागर ढकाललगायतको टोलीले उपचार गरिरहेका छन् । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व राष्ट्रपति डा. रामवरण यादवलगायतले पनि अस्पताल पुगेर नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।