३ कार्तिक २०८३, मंगलबार

बलिउडका भिलेन काठमाडौंमा, नेपाली फिल्म खेल्दै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता गुल्सन ग्रोबरले नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’मा अभिनय गरेका छन् ।

भिलेनका रुपमा रुचाइएका अभिनेता ग्रोबर काठमाडौंमा नेपाली फिल्ममा अभिनय गर्न आएका हुन् । गुल्सन ट्री सिटीको व्यानरमा निर्माणाधीन फिल्म ‘द म्यान फ्रम काठमाडौं’मा उनी भिलेनकै चरित्रमा छन् । यो व्यानरका प्रमुख क्यूएफएक्स प्रमुखसमेत रहेका नकिम उद्दिन हुन् ।

पेमा धेन्डुपले निर्देशन गरिरहेको फिल्ममा नीर शाह, आना शर्मा, शिशिर वाङ्देल र कर्माको अभिनय छ । हलिउड र बलिउडमा फिल्म निर्देशन र निर्माणको अनुभव बटुलिसकेका पेमाको यसअघिको फिल्म ‘वी आर नो मङ्कस’ थियो । जसमा गुल्सनले पनि अभिनय गरेका थिए ।

नयाँ फिल्ममा उनी अबु मियाँ नामक खलनायकको भूमिकामा देखिँदैछन् । हलिउडमा स्टन्ट कोरियोग्राफरले समेत चिनिने जोसे म्यानुअएल फिल्मका मुख्य अभिनेता छन् । उनी फैसल मुस्तफाको भूमिकामा छन् । फिल्ममा पाकिस्तानी अभिनेता हमिद शेखको पनि अभिनय छ ।

निर्माता उद्दिनका अनुसार फिल्मको ९० प्रतिशत छायांकन नेपाल र बाँकी हलिउडको लस एञ्जल्समा हुनेछ । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म अंग्रेजी भाषामा बनिरहेको छ । यसलाई नेपालीमा पनि स्वरांकन गरिने निर्माण पक्षले जनाएको छ ।

अमेरिकादेखि काठमाडौंसम्मको एक युवकको यात्राको कथालाई फिल्ममा देखाइनेछ । निर्माताको रुपमा नकिमले पेमासँग टिमअप गरेका हुन् । पेमाकै पटकथा रहेको फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, जोसे म्यानुएलको द्वन्द्व हुनेछ ।