१२ मंसिर २०८३, शनिबार

‘नेकपा’का नेता लकान्द्रीको घरबाट विस्फोटक पदार्थ बरामद

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा, ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रबहादुर बस्नेतका अनुसार वुद्धशान्ति गाउँपालिका– २ स्थित लकान्द्रीको घरमा छापा मार्दा तार जोडिएको अवस्थामा एक थान र बारुद भरिएको अवस्थामा चार थान डेटोनेटर बरामद गरिएको थियो ।

लकान्द्रीसँगै सो समूहका नौ जना यसअघि नै पक्राउ परेका र उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । – रासस