१२ मंसिर २०८३, शनिबार

प्रचण्ड निवासमा अझै रोकिएन आँशु, सान्त्वना दिन को-को पुगे ? (हेर्नुस् तस्वीरहरु)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । एक्ला छोरा प्रकाश (साकार) दाहालको निधनपछि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा अझै सन्नाटा छाएको छ ।

बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्ड निकै भावुक देखिन्थे । छोरा गुमाएको वियोगमा आमा सीता दाहाल आँखाबाट बरबरी आँशु झारिरहेकी थिइन् ।

प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्न पराष्ट्रपति नन्दकिशोर पुन, उनकी पत्नी हस्तमाली पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंह, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादु चन्द लगायतका नेताहरु समेत लाजिम्पाट पुगेका थिए।

भारतीय राजदूत मञ्जीवसिंह पुरीदेखि बिभिन्न देशका राजदूत, कुटनीतिज्ञहरुको पनि बाक्लो भीड थियो । प्रचण्ड परिवारको पीडा देखेर सबैको अनुहार ओइलिएको थियो ।

प्रकाशको तस्बिरमा माल्यार्पण गर्दै आमा सिता दाहाल ।