
कालिकोट, ७ मंसिर । प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवा नै बम बिस्फोटको निशानामा परेका छन् ।
कालिकोटको कोटवाडामा बिहीबार बिहान कांग्रेसले आयोजना गरेको कार्यक्रममा भाग लिन पुगेका देउवालाई लक्षित गरी बम हानिएको हो । कोटवाडा विमानस्थलमा प्रमुख अतिथि देउवाको हेलिकप्टर ल्यान्ड गर्ने बित्तिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
बम विष्फोटबाट देउवालाई भने केही भएको छैन । बिस्फोटनको जिम्मेवारी कसैले नलिए पनि बिप्लव माओवादीले बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ ।











प्रतिक्रिया