
काठमाडौँ, ७ मंसिर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबारको नेपाल बन्द आफ्नो पार्टीले नगरेको स्पष्ट पारेको छ ।
नेकपाका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको आयोजना नगरेको स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टीको नाम जोडेर संचारमाध्यम र मानवअधिकारवादी संस्थाहरुले जनाएको चिन्ताप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
आफ्नो पार्टी चुनाव खारेज अभियानमै रहे पनि मंसिर ८ गते शुक्रबारको नेपाल बन्द आफ्नो पार्टीले नगरेको उनले स्पष्ट पारेका छन् । नेपाल बन्द पूर्व जनमुक्ति सेना नेपालले आह्वान गरेको भन्ने सूचना पार्टीमा आएको भन्दै उनले चुनावविरुद्ध गरिएको नेपाल बन्दप्रति पार्टीको नैतिक समर्थन रहेको बताए ।
बहिर्गमनमा परेका पूर्व जनमुक्ति सेनाले मंसिर ८ गते शुक्रबार नेपाल बन्द आह्वान गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा उनीहरुले गरेका छैनन् । तर, सामाजिक सञ्जाल फेसबुकमा उनीहरूले यसपटकको बन्द केही फरक शैलीमा गर्न लागेको भन्दै पोष्ट गरेका छन् ।











प्रतिक्रिया