काठमाडौं, ७ मंसिर । कालिकोटमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट भएको छ ।
नेपाली काँग्रेस कालिकोटले आज विहान कोटबाडा रहेको सुन्थराली विमानस्थलमा आयोजना गरेको कार्यक्रममा देउवाले भाषण गरिरहेका बेला करिब ३० मिटरको दुरीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटपछि त्यहाँ उपस्थित स्थानीय नेता कार्यकर्ताको भागाभाग भएको थियो । यद्यपी प्रधानमन्त्री देउवा सकुशल छन् ।
बिस्फोट लगत्तै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बम विस्फोट भएपनि प्रधानमन्त्री देउवाले कालिकोटको चुनावीसभालाई सम्बोधन गरेरै छाडेका छन् ।












प्रतिक्रिया