२९ आश्विन २०८३, बिहिबार

आखिर कुकुरहरु किन एउटा खुट्टा उचालेर ठाडो वस्तुमा नै पिसाब फेर्छन?

12.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । हामीले अधिकांश समयमा कुकुरहरुले रुखको फेँदमा या त गाडीको टायरमा पिसाब फेरेको देख्छौँ । हाम्रो लागि यो निकै सामान्य कुरा हो । तर के तपाईले यसको कारण बारे जान्ने कोशिस गर्नु भएको छ? छैन भने आज हामीले तपाईलाई यसको विशेष कारण बारे बताउन गइरहेका छौँ ।

कुकुरलाई पिसाब फेर्ने जति नै धेरै ठाउँ दिए पनि उनीहरु रुख, गाडी, पर्खाल या त कुनै यस्तै ठाडो वस्तुमा पिसाब फेर्ने गरेको देखिन्छ । यसको पछाडी एउटा तार्किक कारण छ । वास्तवमा कुकुरहरु आआफ्नो इलाकामा बस्ने प्राणीहरु हुन् । उनीले यस्तो ठाउँमा पिसाव फेर्छन्, जो सधैँ ठाडो अवस्थामा रहेको हुन्छ । अर्को महत्वपूर्ण कुरा कुकुरहरु सधैँ आफ्नो नाकको उचाइमा पिसाब फेर्छन् । ताकि उनीहरु अन्य कुकुरहरुको लागि आफ्नो गन्ध छोड्न सकुन् । यसबाट उनीहरुले अन्य कुकुरलाई यो मेरो इलाका हो भनेर चिह्न छोड्ने गर्दछन् । यसैकारण नै कुकुरहरु सधैँ एउटा खुट्टा उचालेर रुख, गाडी, पर्खाल वा पिल्लरमा पिसाब फेर्छन ।

तस्विरः गुगल डट कम ।