१२ मंसिर २०८३, शनिबार

बन्दिपुरतिर भोट माग्दै कांग्रेसका वरिष्ठ नेता पौडेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बन्दिपुर, ७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल बन्दिपुर गाउँपालिका वडा नं २ को बजार क्षेत्रमाका मतदाताहरुको घरदैलोमा पुगेका छन् ।

बन्दीपुरबासीको घरदैलोमा भोट माग्दै वरिष्ठ नेता पौडेलले बन्दिपुर बजार क्षेत्रमा रहेको खानेपानी समस्या समाधानका लागि अब गुरु योजना थालिने बताए ।

तनहुँको पुरानो सदरमुकाम रहेको बन्दिपुरको फोहर मैला व्यवस्थापन र मौलिक घरहरु तथा पुरातात्तिक बस्तुहरुको संरक्षण लगायतका विषयमा आफू निकै गम्भिर रहेको उनले बताए ।

टेलिभिजनका पर्दामा मात्र देखिने बरिष्ठ नेता पौडेललाई आफ्नै घर आँगनामा मत माग्दै आएको देखेर स्थानीयहरु उत्साहित हुँदै फूलमालाले भव्य रुपमा स्वागत गरेका थिए ।

घरदैलो कार्यक्रमा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा (ख)का उम्मेदवार एवम् कांग्रेसका पूर्व जिल्ला सभापति रघुनाथ पौडेलले बन्दिपुरको विकास र यस क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरसम्मको प्रचारप्रचारको जिम्मा नेपाली कांग्रेसले लिने भएकाले कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।