काठमाडौं, ७ मंसिर । जन समाजवादी दलका अध्यक्ष एवम् समानुपातिक तर्फका उम्मेदवार सुवास राज काफ्ले नेपालमा स्मार्ट सीटिको अवधारणाले मात्र पर्यटन विकास नहुने ठान्छन् । उनी स्मार्टको ठाउँमा हाइटेक सहरको निर्माण गरी भारत र चीनका पर्यटक तान्नसक्ने तयारी नेपालले गर्नुपर्ने अवधारणा अघि सार्छन् । यसैअनुसार उनको चुनावी घोषणापत्र पनि आएको थियो ।
मालेको चुनाव चिन्ह हसिँया तारासँग गठबन्धनमा उभिएका काफ्नले अर्थनीतिमा बढि रूची राख्छन् । संसारमा घाम ताप्ने, चिसो खाने देशमा त पर्यटन व्यापक छ भने नेपालका हरेक ठाउँमा पर्यटन भित्राउनसकिने बताउँछन् ।
‘हामीसँग आर्थिक विकासका धेरै एजेन्डा छ । त्यसमध्ये राज्यको लगानीमा पर्यटन भित्राउनका लागि हाइटेक सीटिको परिकल्पना गरौं । रुसले भर्खरै यो अवधारणा ल्याएको छ जहाँ सवारी साधन होइन सडक आफैं हिँड्छ ।’, उनले भने,‘हामीले पश्चिम नेपालमा यस्तोमात्रै एउटा सहर बनाउन सक्दा सीमा जोडिएको भारत र चीन दुवैका पर्यटकलाई भित्राउन सकिन्छ । तर, लगानी राज्यले गर्नुपर्छ ।’
उनले देश विकासको नमुनामा उभ्याउनका लागि ‘स्टार मोडल’ अगाडी सारेका छन् । साइन्स टेक्नोलोजी, टुरिजम एन्ड एभिएशन, एग्रीकल्चर, रिकन्स्ट्रक्सन अफ इन्फास्ट्रक्चर स्टारको अर्थ हो । माइनिङ एन्ड मिनिरल्स, ओइल, ग्यास एन्ट पेट्रोलियम, डाइभर्सिटी अफ जियोलोजी , इनर्जी र ल्यान्ड म्यानेजमेन्ट मोडेलको अर्थ हो ।
उनलाई विश्वास छ, जनता जागरूक भए साना शक्तिहरू पनि परिवर्तनका लागि अग्रस्थानमा आउन कुनै कठिन हुनेछैन । त्यसैले पनि राजनीतिमा संघर्ष र जनतालाई बुझाउने क्रममा उनी सक्रिय छन् । कसैले रेल कुदाउने भन्छन्, कसैले १० हजार प्रतिव्यक्ति आय बनाउने भन्छन् । तर, यसका लागि राजनीतिक मोडेल कस्तो र कसरी बनाउने नीति कोहीसँग छैन । तर, काफ्लेले साधारण हिसावमा सुक्ष्म काम गर्ने भए नेपाललाई यी सवै सुविधायुक्त बनाउनका लागि कत्तिपनि समय नलाग्ने अर्थनीति ल्याएका छन् ।
‘सवैभन्दा ठुलो पर्यटन हिन्दु पर्यटन हो । बौद्ध पर्यटन हो । यसका लागि जनकपुर र लुम्बिनीलाई त्यसबेलाको अवधारणामा अहिलेको लगानीमा निर्माण गर्नुपर्छ । जसका कारणले पर्यटकलाई भित्राउन सजिलो होस् । यो अवधारणा हामीले अघि सारेका छौं । अहिले भाषण र सपनामा होइन, व्यवाहारिक लगानीमा कसले काम गर्न सक्छ भनेर विश्वास गरी अघि बढ्नुपर्छ । यहि उपयोगका लागि स्टार मोडेल अघि सारेका हौं ।’
परम्परागत राजनीतिक दलहरूले बाटोका र सहरका कुरा, वैकल्पिक भनिनेहरूले इमानको कुरा मात्र गरेको भन्दै त्यतिले विश्वमा स्पर्धा गर्न नसकिने बताए । राजनीति सुरु गरेको कमै भएपनि अर्थतन्त्रको विकासका लागि केही संकुचित कानुनलाई फराकिलो बनाएर राज्यको लगानी भित्राउनुपर्ने उनको धारणा छ ।











प्रतिक्रिया