काठमाडौं । नेकपा (एमाले)का बौद्धिक नेता एवम् स्थायी समितिका सदस्य शंकर पोख्रेल दाङ क्षेत्र नं. २ ‘क’बाट उम्मेदवार बनेका छन् ।
पोख्रेलको उम्मेदवारीसँग दाङ एमालेभित्र रक्तसञ्चार प्रवाह भएको छ । किन भने पोख्रेल ५ नं. प्रदेशका भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारिएका व्यक्ति हुन् ।
पोख्रोलसँग दङ्गाी मतदाताहरूको दुईवाटा स्वार्थ छ । पहिलो, पोख्रोल मुख्यमन्त्री बनुन् र दोस्रो, दाङलाई प्रादेशिक राजधानी बनाउन् । दुबै विषयमा नेकपा (एमाले) र माओवादी केन्द्रले प्रतिवद्धता जनाइ सकेका छन् । पोख्रेलले आफ्ना चुनावी कार्यक्रमहरूमा दाङलाई राजधानी बनाउने विषयमा प्रतिवद्धताहरू जनाउँदै आएका छन् ।
दाङको विकासमा महत्वपूर्ण भूमिका खेलेका नेता पोख्रेल चुनावी कार्यक्रमहरूमा हिँडेका छन् । दाङमा पोख्रेल एक्लेले मात्र जितेर हुँदैन । उनलाई वाम गठबन्धनको पूरा टिमलाई जिताउनुपर्ने दायित्व पनि छ । आफ्नो क्षेत्रको कार्यक्रम छाडेर बेलाबेला पोख्रेल वाम गठबन्धनका अन्य उम्मेदवारहरूको क्षेत्रमा पुगेर प्रचार प्रसारमा सक्रिय हुने गरेको पोख्रेलका सहयोगीहरू बताउँछन् ।
वाम गठबन्धनको पक्षमा माहोल बन्दै गएको नेकपा (एमाले) दाङले जनाएको छ । स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने पनि वाम गठबन्धनको पक्षमा जित सहज छ । दाङका सबै नगरपालिकासहित अधिकांश स्थानमा जितेको थियो । स्थानीय नतिजाका कारण पनि वाम गठबन्धनका उम्मेदवारहरू उत्साहित रहेको एमालेले जनाएको छ ।
पोख्रेलको चुनावी नारा रोजगारी पनि छ । उनले रोजगारी सिर्जना गर्ने विषयलाई पनि महत्वका साथ उठाउँदै आएका छन् । आफ्नो क्षेत्रको विकासमा उनको ध्यान केन्द्रित हुनु त स्वभाविक नै छ । समग्र जिल्लाको विकासमा कसरी विकास र उन्नती गर्न सकिन्छ भनेर योजना सुनाइ रहेका छन् ।
दाङ जिल्लाका पहाडी गाउँमा पर्यटनले विकासको फड्को मार्ने पोख्रेलको भनाइ छ । पहाडी गाउँका चुनावी कार्यक्रममा पोख्रेलले भनेका छन्, ‘मैदानमा बस्नेहरू पहाडी क्षेत्रमा आउनेछन् । उनीहरूले शान्त र एकान्त ठाउँ खोज्ने छन् । त्यो अवस्था हामी बनाउँछौँ । त्यसपछि विकास आफै आउनेछ ।’
शिक्षा, रोजगारी, स्वास्थ्य, बाटोघाटो निर्माण, सिचाइलगायतका विषय पोख्रेलका योजनामा छन् । उनले भने, ‘दाङका मतदाताहरू यसपटक परिवर्तन चाहन्छन् । त्यो परिवर्तन एमालेले मात्रै दिन सक्छ ।’












प्रतिक्रिया