१२ मंसिर २०८३, शनिबार

चितवनको पहाडी क्षेत्रमा भोट माग्दै बाम उम्मेदवार पोखरेलले के भने?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काउले (चितवन), ६ मंसिर । बाम गठबन्धन तथा नेकपा एमाले चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेलले काउले क्षेत्रमा अधुरा रहेका विकासका कामहरु अबको ५ वर्षमा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार इच्छाकामना गाउँपालिका वडा नम्बर १ हात्तीवाङ, तल्लो काउले, मायाटारलगायतका क्षेत्रमा भएको जनतासँगको भेटघाटका क्रममा उम्मेदवार पोखरेलले गत ४ वर्षको अवधिमा आफूले सकेको काम गरेको र अझै पनि केही काम गर्न बाँकी रहेकाले बाँकी रहेको काम पनि आफ्नै नेतृत्वमा अब पूरा गर्ने जनाएका हुन् ।

यस अघि उनले सो क्षेत्रमा बिजुली, ग्रामीण सडक, खानेपानीको समस्या समाधान गरेका थिए । उनको कामबाट प्रभावित भइ स्थानीयले यस पटक पनि जिताउने बाचा गरेको नेकपा एमाले जिल्ला सचिवालय सदस्य घनश्याम भट्टराइले जानकारी दिए ।

त्यस्तै बाम गठबन्धन तथा नेकपा माओवादी क्षेत्र २ (क)का उम्मेदवार घनश्याम दाहाल अविनाशले पनि यस क्षेत्रको विकासका लागि आफू लागि पर्ने बताए । कुनै पनि स्थानको विकास गर्न सोही ठाउँको हुनुपर्ने भन्ने बाध्यता नरहेको भन्दै दाहालले इच्छा, चाहना र प्रतिवद्धता भएमा जुनसुकै स्थानको पनि विकास गर्न सकिने बताए । पहाडका मुल समस्याहरुसँग आफू परिचित रहेको दाहालको भनाइ थियो ।