१२ मंसिर २०८३, शनिबार

धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु: आरजु राणा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ६ मंसिर । नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ ।

धनगढी उपमहानगरपालिका–३ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षभित्र धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाएर मुलुककै आर्कषक शहरका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।

कैलालीका धेरै किसान कृषिमा आबद्ध भएको बताउँदै उहाँले यही जिल्लामा मलखाद उत्पादन गर्ने कारखाना स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेतृ राणाले कैलाली कञ्चनपुरका नाका व्यवस्थित गर्न, पञ्चेश्वर परियोजना, गेटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सेती परियोजनादेखि सुख्खा बन्दरगाहासम्मका योजना अघि सार्नुभएको छ । रासस