वीरगञ्ज, ६ मंसिर । पर्सा प्रहरीले पक्राउ गरेका नेकपा माओवादी केन्द्रका नेता अकलु यादवलाई रिहा गर्न नेकपा माओवादी केन्द्र पर्साले माग गरेको छ । पार्टीका जिल्ला संयोजक विजय महतोद्वारा आज एक विज्ञप्ति जारी गर्दै मंसिर ५ गते प्रहरी कार्यालयबाट भेट्ने उद्देश्यले फोन गरी बोलाएर विप्लव माओवादीको कार्यकर्ता भन्दै यादवलाई गिरफ्तार गरि प्रहरी हिरासतमा राखेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यादव, विप्लव माओवादीको नेता नभई माओवादी केन्द्रका नेता भएकोले उनलाई रिहा गर्न बारम्बार प्रहरीलाई अनुरोध गर्दा समेत अनुसन्धानको लागि भन्दै हिरासतमा राखिएको विज्ञप्तिमा जनाईएको छ । माओवादी केन्द्रले यादवको तत्काल रिहाको माग गर्दै उनलाई रिहा नगरिए माओवादी केन्द्र पर्सा अन्दोलनमा उत्रिने विज्ञप्ति मार्फत चेतावनी समेत दिएको छ ।











प्रतिक्रिया