१२ मंसिर २०८३, शनिबार

राप्रपाका महाधिवेशन प्रतिनिधिसहित दर्जनौ कार्यकर्ता एकाविहानै एमालेमा प्रवेश गरेपछि…

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ६ मंसिर । राप्रपाका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा समाजसेवी केशव पाण्डे सहितको दर्जनौं कार्यकर्ताको टोली एमालेमा प्रवेश गरेको छ ।

समुन्नत र समृद्ध मुलुक बनाउन लागि परेको बाम गठबन्धनको पक्षमा देशैभरी जनलहर बढ्दै गएको अवस्थामा बर्दिया सदरमुकाम गुलरियाका पाण्डे सहितको टोली एमाले प्रवेश गरेको हो ।

पार्टी प्रवेश गरेका सबैलाई एमाले बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र नं. १ का उमेद्वार वामदेव गौतमले अविर लगाई प्रवेश गराउनु भएको हो । पार्टी प्रवेशको कार्यक्रम पाण्डेको निवासमा नै आयोजना गरिएको थियो ।

पार्टी प्रवेश गर्दै पाण्डेले भने, ‘पञ्चायतकाल देखि नै राप्रपा भएपनि हाल उसको गतिविधि मुलुक र जनताको हित भन्दा अस्थिर राजनीति र व्यक्ति विशेषमा केन्द्रीत भएको हुँदा एमाले प्रवेश गरेको हुँ ।’

लामो समय देखि राजनीतिमा क्रियाशिल पाण्डेले वाम गठबन्धनले मात्रै स्थानीय तहमा देखिएका समस्याहरुको समाधान गर्न सक्ने र त्यसप्रति आफूलाई पूर्ण विश्वस्त रहेको बताए ।

जिल्लामा समाजसेवीको रुपमा ख्याती कमाएका पाण्डे एमाले प्रवेश गरेपछि राप्रपाका अन्य दर्जनौं नेता तथा कार्यकर्ता पनि केही दिनमै एमाले प्रवेश गर्ने तयारी गरिरहेका छन् भने पाण्डेका शुभ चिन्तक रहेका अन्य दलका कार्यकताहरु पनि एमाले प्रवेश गर्ने मनस्थितिमा पुगेको पाण्डे निकट पितराम चौधरीले बताए ।

राजनीतिमा क्रियाशिल पाण्डे जिल्लामा समाजसेवीको रुपमा पनि उत्तिकै परिचित छन् ।