१२ मंसिर २०८३, शनिबार

अझै सम्हालिएनन सीता र विना, चितवनमा प्रकाशको फोटोमै झम्टिएर रुवाबासी

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । पुत्रवियोगमा परेको पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवार अझै सामान्य अवस्थामा फर्किन सकेको छैन् । छोरा प्रकाशको निधनपछि बुवा प्रचण्ड र दिदीहरु सम्हालिएपछि आमा सीता र पत्नी विना मगर अझै सम्हालिएका छैनन् ।

यसको झल्को चितवनमा देखियो । चितवनमा आयोजित हजारौंको सहभागिता रहेको प्रकाशको श्रद्धाञ्जलि सभामा विभिन्न भनाईसहित नेताहरुले श्रद्धाञ्जलि दिइरहेका बेला आमा सीता र पत्नी विना प्रकाशलाई सम्झेर भक्कानिए ।

त्यतिमात्रै होइन् प्रकाशको फोटोसहित राखिएको व्यानरमा उनीहरुले झम्टी झम्टी रुन थाले । प्रचण्ड र दिदीहरुले पिडा लुकाउन सकेपनि प्रकाशकी आमा सिता र पत्नी बिनाले सभामै डाँको छोडेर रोए । उनीहरुलाई सम्हाल्न प्रचण्ड, रेणु र कार्यकर्तालाई धौ धौ पर्यो ।

प्रकाशको आइतबार विहान हृदयघातबाट निधन भएको थियो ।