काठमाडौं, ६ मंसिर । नेकपा एमालेका महासचिव एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायदेखि चर्चित संगीतकार शम्भुजीत बाँस्कोटासम्मले चुनावी अभियानमा समर्थन जनाएका छन् ।
यस क्षेत्रको विकाश र मुलुकको राष्ट्रिय राजनीतिमा प्रभावशाली भुमिका खेलेकाले काठमाडौं ५ लाई पोखरेल चाँहिएको भन्दै उनीहरु समर्थनमा उत्रिएका हुन् ।
काठमाडौं ५ बाट पोखरेललाई जिताउने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, चर्चित संगितकार शम्भुजीत बाँस्कोटा, दिनेश डीसी, कोमल ओली, निखिल उप्रेती, मनोज गजुरेल र थुप्रै ब्यक्तिहरुले पोखरेललाई साथ दिइरहेको उनको सचिवालयले जनाएको छ ।

















प्रतिक्रिया