१२ मंसिर २०८३, शनिबार

कांग्रेसको लक्ष्य समृद्धि, कम्युनिष्टको ध्येय अस्थिरताः घर्ती

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिती, ६ मंसिर । नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीले कांग्रेस सम्पूर्ण नेपालीलाई राजनीतिक अधिकार र आर्थिक रुपले सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको तर कम्युनिष्ट नेताहरू मुलुकमा पुनः राजनीतिक अस्थिरता ल्याउन उद्दत रहेको बताएका छन् ।

कांग्रेस लमजुङ प्रतिनिधी सभाका उम्मेद्वार घर्तीले मंगलबार चितीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले मुलुकलाई सम्बृद्ध बनाउनका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए । ‘नेपाली जनताले चाहेजस्तो राजनीतिक व्यवस्था आइसेको छ र नेपाली जनताका प्रतिनिधिहरुले संविधानसभाबाट संविधान बनाएर यसको टुंगो लगाइसकेका छन’, नेता घर्तीले भने, ‘अब निर्वाचनपछि कांग्रेसको ध्यान संविधानलाई समयानुकल परिमार्जन गर्दै आर्थिक समृद्धिका कार्यक्रममा केन्द्रित हुनेछ ।’

कम्युनिष्टहरूले नेपाली जनतालाई फेरि राजनीतिक समस्यामा नै जकडेर राख्न चाहेको उल्लेख गर्दै नेता घर्तीले भने, ‘कांग्रेस शान्ति, विकास र लोकतन्त्रको पक्षधर हो, कम्युनिष्टहरुले के के गरे त्यो हामीले देखि नै सकेका छौ ।’

कार्यक्रममा नेपाली कांग्रेस लमजुङ प्रदेश ‘क’का उम्मेद्वार गर्जबहादुर गुरुङले लमजुङको विकास कांग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पूरा गर्नका लागि पनि कांग्रेसको विजय आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताए ।

मंगलबार नै प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णप्रसाद कोइरालाले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।